गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


८ पुस २०७४, शनिबार


ढुकढुकीमा बस्ने मन छ बस्न दियौ भने ।।
अंगालोमा कस्ने मन छ कस्न दियौ भने ।।

बुनि राख मेरै लागि पिरतीको माछी जाल,
थाहै नपाइ फस्ने मन छ फस्न दियौ भने ।।

फुलिदेउ गुलाव बनी जवानीको लाली भरी,
यी नजरले डस्ने मन छ डस्न दियौ भने ।।

चढ्न देउ शिखरमा चढ्न सके चढौंला है,
नत्र बेसी खस्ने मन छ खस्न दियौ भने ।।

सपनाहरु रंग्याउनु छ नौ रंगी डाँफे जस्तै,
नवै रंग घस्ने मन छ घस्न दियौ भने ।।

प्रतिक्रिया दिनुहोस