कालीकोटमा प्रहरीको गोली प्रहारबाट एक म्यादी प्रहरीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कालीकोटमा प्रहरीको गोली प्रहारबाट एक म्यादी प्रहरीको मृत्यु


७ पुस २०७४, शुक्रबार


कालीकोट । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ ।

तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच भएको झडपमा प्रहरीले गोलि चलाउँदा सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको हो।

प्रदर्शनले उग्र रुप लिदा प्रहरीले नियन्त्रणमा लिन लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा नआउदा प्रहरीले गोली चलाएको छ । घटनामा थप अरू पनि घाइते भएका बताइए पनि घटनाको थप विवरण भने आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस