२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चद्वारा सामूहिक बलात्कारका अभियुक्त झिकाउन आदेश

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सामूहिक बलात्कारमा परेकी पूजा बोहराको रिटको सुनुवाइ गर्दै उक्त अभियोगका विपक्षीलाई झिकाउन आदेश दिएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंहको संयुक्त इजलासले सामूहिक बलात्कार प्रकरणका विपक्षीलाई झिकाउन आदेश दिएको हो ।

रिटमा विपक्षी बनाइएका बलात्कारका आरोपी बैतडी भूमेश्वरका सागर भट्ट र अमर अवस्थीलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । सर्वोच्चमा २०७१ पुस ९ गते दर्ता भएको उक्त रिटको बुधबार पहिलोपटक सुनुवाइ भएको हो । उक्त रिटको पेसी १४ पटकभन्दा बढी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

पीडित पूजा २०६८ चैत्र ९ गते प्रवेशिका परीक्षाका लागि पुस्तक पसलमा गेसपेपर किन्न जाँदा बलात्कारको सिकार भएकी थिइन् । पुस्तक पसले बैतडीका सागर भट्ट र अमर अवस्थीले नसालु पदार्थ खुवाएर आफूलाई जबर्जस्ती गरेको पूजाले दिएको उजुरीमा उल्लेख छ । पूजाले दिएको रिटकोे सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला अदालतका न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियोग लागेका भट्ट र अवस्थीलाई दोषी ठहर गरेको थियो ।

उक्त इजलासले बलात्कारका आरोपी दुवैलाई मुलुकी ऐन, जबर्जस्ती करणी महलको ३ ९४० बमोजिम आठ वर्ष कैद र सामूहिक करणी गरेको भन्दै थप पाँच वर्ष गरी जम्मा १३ वर्ष जेल सजाय र पीडितलाई ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

जिल्ला अदालतको उक्त फैसलापछि अभियोगी भट्ट र अवस्थीले पुनरावेदन गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दैे पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसादराज भण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते सागर भट्ट र अमर अवस्थीलाई सफाइ दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस