जनता आवासबारे सूचना नपाउँदा जनता मारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनता आवासबारे सूचना नपाउँदा जनता मारमा


२ पुस २०७४, आइतबार


धादिङ । जनता आवास कार्याक्रमअन्तर्गत जिल्लामा सरकारले निर्माण गर्न सहयोग गर्ने भवनका लागि जनताबाट निवेदन आह्वान गर्ने मिति सकिँदासम्म पनि निवेदन न्यून मात्रामा परेको छ ।

कार्यक्रमअन्तर्गत साविकको महादेवस्थान गाविसमा चेपाङ घर निर्माणका लागि २० दरबन्दी निर्धारण गरिएकामा निवेदन मिति मंसिर समापन हुँदासम्म चार जनाले मात्र निवेदन दिएको र सूचना अभावका कारण जनता निवेदन दिन नआएको नेपाल चेपाङ संघका तिलक चेपाङले बताए ।

गरिब चेपाङका लागि सरकारले दुई लाख ३५ हजार दिएर निर्माणमा सहयोग गर्नेछ । जिल्लामा चेपाङ समुदायका लागि एक सय र दलित समुदायका लागि दुई सय घर निर्माणको योजना भए पनि केही गाउँपालिका, केही वडा र केही सूचना दिने अधिकारीले जनतालाई सूचना नदिँदा समय सकिँदा पनि निवेदन संकलन भएन ।

गाउँपालिका र नगरपालिकालाई सूचना भएकाले सूचना नपुगेको भन्न नमिल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धादिङका वामदेव शर्मा बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस