२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकसेवा’प्रति यूवाहरुको आकर्षण बढ्दो

अ+ अ-

काठमाडौं । राजधानीमा संचालित लोकसेवा शिविर भव्यताका साथ सम्पन्न भएको छ ।

एप्पल करियर एकेडेमिको आयोजना नेपालमै पहिलो पटक संचालन गरेको तीन दिने निशुल्क लोकसेवा शिविरमा देखिएको युवाहरुको सहभागिताले लोकसेवा प्रतिको आकर्षण अत्याधिक रहेको देखाएको छ ।

यही मंसिर २६,२७ र २८ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको हलमा संचालन गर्ने भनिएको शिविरको पहिलो दिन नै सहभागीहरुले खचाखच भरिएपछि दोस्रो र तेस्रो दिनको कार्यक्रम त्रिभूवन विश्वविध्यालय शिक्षा संकायको ६०० जना अटाउने अडिटरियम हलमा संचालन गरिएको थियो ।

त्याहा पनि कतिपय व्यक्तिहरुले उभिएरै क्लासमा सहभागिता जनाएका थिए । जसबाट आयोजक त हौसिए नै हजारौं युवाहरुले लोकसेवा सम्बन्धि द्विविधाहरुबाट मुक्ति पाए । तीन दिनमा गरी करीब १५ सय भन्दा बढी युवाहरु शिविरमा सहभागी रहेको आयोजकले जनाएको छ ।

‘देशमा बढ्दो बेरोजगारी र एक मात्र बिकल्पका रुपमा रहेको बिदेश पलायनलाई रोक्दै निश्चित योग्यता पुगेका युवाहरुलाई निश्पक्ष तथा विश्वासनीय संस्था लोकसेवा आयोगको परीक्षाप्रति आकर्षित गराइ देशमै रोक्ने उद्येश्यका साथ यो शिविर संचालनमा ल्याएका हौं’ शिविरका आयोजक, चैतन्य एकेडेमीका निर्देशक गणेश जोशी भन्छन् –‘आइएलटिएस, टोफेल गरेर बिदेश जाँदैछु भनेर गर्व गर्नुभन्दा म खरिदार, नायव सुब्बा, अधिकृतको तयारी गर्दैछु र देशको सेवा गर्ने सोचमा छु भन्नु गौरवको कुरा हो ।’

‘समग्रमा यो शिविर आफैमा एकदमै नौंलो छ । यसले निजामतीलगायत अन्य सरकारी सेवामा प्रवेश गर्न चाहने तर आत्मविश्वास नभइरहेका युवाहरुमा अन्तरनिहित असीमित सम्भावनाहरूलाई चिनाउने, जागरुक गर्ने र उनीहरूमा एक खालको चेतना जागृत गरेर प्रतिस्पर्धात्मक परीक्षामा होमिन प्रेरित गर्नेछ भन्ने हाम्रो दाबी हो’ जोशीले भने ।

लोकसेवाको तयारीका लागि आवश्यक न्यूनतम् सूचना र जानकारी हजारौं युवाहरुसम्म पुर्याउने कार्य सराहनीय रहेको यातायात कार्यालय काठमाडौंका उपसचिव गोकर्ण उपाध्यायले बताए ।

केही समय अघि मात्रै उपसचिव पास गरेका उपाध्याले भने ‘म झण्डै आठ वर्ष काठमाडौंमा रहुन्जेल, क्याम्पसको अध्ययन पुरा गरुन्जेल लोकसेवाको कुनैपनि प्रतिस्पर्धामा सहभागी हुने हिम्मत गरिनँ किनकि मलाई त्यतिबेला थाहै थिएन कि लोकसेवा हाम्रा लागि पनि हो भन्ने कुरा ।’

अझै पनि लोकसेवा पढ्न भनि सहर पसेका हजारौं युवाहरु द्विविधामा देखिन्छन् उपाध्याय भन्छन्- ‘लोकसेवा भनेको निकै गाह्रो हुन्छ । निकै अप्ठ्यारो हुन्छ । यो कसरी पढ्ने ? किन पढ्ने ? केका लागि पढ्ने ? यसमा करियर कस्तो हुन्छ ? धेरैलाई जानकारी नै नभएको अवस्था छ । यो अन्यौलताको अवस्थामा उहाँहरूले जुन निशुल्क लोकसेवा शिविर भनेर सञ्चालन गर्दै हुनुहुन्छ, वास्तवमै निकै प्रेरणादायी र प्रसंसायोग्य काम हो ।’

कार्यक्रममा सहभागी भएर फर्किँदै गर्दा “ए ! ममा पनि सक्षमता रहेछ र म पनि सक्षम क्यान्डिडेट रहेछु” भन्ने पार्नको लागि नै यो डिजाइन गरिएको लोकसेवा शिविरले धेरै युवाहरुलाई लोकसेवाप्रतिको बुझाइमा नै परिवर्तन ल्याइदिएको मोटिभेसनल स्पिकर यदु नेपाल बताउँछन् ।

माइन्ड टेक्नोलोजीसँग सम्बन्धित रहेर आयोजना गरिएको शिविरमा लोकसेवाको सन्दर्भमा माइन्ड टेक्नोलोजीले कहाँ कहाँ असर पार्न सक्छ र प्रयोग हुन सक्छ । विश्वव्यापी रूपमा स्थापित त्यो टेक्नोलोजी प्रयोग गरेर कसरी लोकसेवासँग सम्बन्धित तयारीलाई उत्प्रेरणामूलक र ऊर्जामूलक बनाउन सकिन्छ ? कसरी ‘युजफुल’ बनाउन सकिन्छ ? कसरी सफलतातिर पुर्याउन सकिन्छ ? भन्ने कुराले सहभागीहरुलाई निकै उत्प्रेरणा जगाएको नेपालले बताए ।

शिक्षित युवाहरुका लागि लोकसेवा आयोग एक स्वर्णिम अवसर भएको बताउछन् पूर्वमुख्यसचिव डा. बिमल कोइराला । भन्छन्–‘तपाइसंग क्षमता छ भने तपाइलाई सरकारी जागिर खानबाट कसैले रोक्न सक्दैन ।’

‘राजनीतिक अस्थिरताका कारण जहाँतहि नाताबाद, कृपावाद लगायत सोर्सफोर्सले बढी नै काम गरिरहेको अवस्थामा लोकसेवा आयोगमा मात्रै त्यस्तो संस्था हो जहाँ क्षमताले मात्रै काम गर्छ, लोकसेवाको निश्पक्षामाथि कसैले औला ठड्याउन सक्दैन’ पूर्वमुख्यसचिव डा. कोइरालाले सहभागीहरुसंग आफ्ना अनुभव साट्दै भने ।

शिविरमा लोकसेवा आयोगको तयारीका निमित्त बर्षौदेखि दर्जनौं पुस्तक लेखेर चर्चा कमाएका, लोकप्रियता हासिल गरेका लेखकहरूसँग सहभागीहरुको अन्तरक्रिया गराउनुका साथै लोकसेवा आयोगबाट उत्कृष्टता हासिल गर्दै निजामती सेवाका विभिन्न पदमा पुगेका सफल कर्मचारीहरुसँग छलफल गराइएको थियो ।

त्यसका अलावा लोकसेवा आयोगको ‘इन्ट्रि लेवल’बाट प्रवेश गर्दै निजामती सेवाको सर्वोच्च स्थानमा पुगेर नेपाल सरकारको मूख्य सचिव भएर नेपालको निजामती सेवाको नेतृत्वदायी भूमिकामा रहेका सफल पूर्व प्रशासकहरूहरुले सहभागीहरुको जिज्ञासाहरु मेटाएका थिए ।

प्रतिक्रिया दिनुहोस