उदयपुरमा समानुपातिकतर्फ कांग्रेस पहिलो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उदयपुरमा समानुपातिकतर्फ कांग्रेस पहिलो


२९ मंसिर २०७४, शुक्रबार


गाईघाट । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

कांग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा माओवादी केन्द्रले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८८६ मत बदर भएको सो कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस