२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तृत्वको राजीनामा समस्याको समाधान होइनः महामन्त्री कोइराला

अ+ अ-

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रा. डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् ।

गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ ।’ नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले भने, ‘अहिलेको समयमा परामर्श गरौँ, काँग्रेस शुद्धीकरण गरौँ अनि निर्णय गरौँ ।’

पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब कांग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञाशामा उनले भने, ‘केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।’ उनले थपे, ‘क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।’

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए । हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, ‘हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।’ हारका कारण हतास हुन नपर्ने भन्दै उनले भने, ‘हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे कांग्रेसको भविष्य उज्ज्वल छ ।’ महामन्त्री कोइरालाले थपे, ‘कांग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने कांग्रेसका लागि अन्तिम मौका हो ।’

अहिले कांग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै उनले ७० वर्षको इतिहास बोकेको कांग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताए । उनले भने, ‘भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।’

भारत र चीन दुवै देशसँगको सम्बन्ध बिपी कोइरालाले स्थापित गरेको भन्दै उनले आगामी दिनमा कांग्रेसले दुवै देश सँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए ।

कांग्रेसको पहिलेदेखि नै समाजवादी चिन्तन भएको भन्दै उनले समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने बताए । नेपाली कांग्रेस रहेसम्म लोकतन्त्र र समाजवाद जीवित रहने महामन्त्री कोइरालाले बताए । रासस

प्रतिक्रिया दिनुहोस