२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यादी प्रहरीमा पाँच अर्ब खर्च

अ+ अ-

काठमाडौं । सरकारले ९८ हजार तीन सय ६५ म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू सबै चुनावी सुरक्षामा खटिएका छन् ।

सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो । उनीहरूका लागि चार अर्ब ९१ करोड खर्च हुन्छ । प्रहरी जवानसरह उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । त्यसबाहेक चार हजार पोशाक भत्ता, सात दिनको पाँच सयका दरले भत्ता र एक हजार रुपैयाँ बाटो खर्च पाउने छन् । त्यस्तै जिल्लाको दररेट अुनसार रासन भत्ता पाउछन् ।

जून सामान्यतया मासिक ५–६ हजार रुपैयाँ हुने गर्दछ । जसअनुसार एक म्यादी प्रहरीलाई ५५ दिनका लागि करिब ५० हजार रुपैयाँ खर्च हुन्छ । जसअनुसार म्यादीका लागि मात्र चार अर्ब ९१ करोड रुपैयाँ खर्च हुने छ । भर्नाका लागि हुने खर्च तथा उनीहरुको ओसारपसार खर्च समेत गरी म्यादीलाई करिब ५ अर्ब खर्च पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

निर्वाचनमा म्यादी प्रहरीको महत्वपूर्ण सहयोग रहेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए । निर्वाचमा नेपाल प्रहरीसँगै भित्री घेरामा उनीहरु खटिन्छन् । प्रहरीसँगै नियमित गस्तीदेखि मतगणनासम्म उनीहरुलाई खटाउने गृहको योजना छ । १५ दिनको सुरक्षा तालिम दिएर उनीहरुलाई निर्वाचमा खटाइएको छ । म्यादीमा भर्ना भएकाहरु सबै आर्थिक पाटो हेरेर मात्र होइन फौजी जागिरको मोहका कारण पनि भर्ना भएका छन् ।

म्यादीमा भर्ना भएका कतिपय राजनीतिक दलका कार्यकर्ता हुनसक्ने भएकाले चुनावमा उनीहरुले गडबड गर्न सक्ने आँकलन पनि गरिएको छ । जसकारण सबैतिर प्रहरीकै कमाण्डमा मात्र म्यादी खटाइएको छ । म्यादीमाथि नै निगरानीको संयन्त्र समेत बनाइएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस