२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाम पुगे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाम पुगे


११ मंसिर २०७४, सोमबार


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा लगिसकिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यस्तै, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस