२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षा-सेनाले बढायो सक्रियता

अ+ अ-

काठमाडौं । यही मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रदेखि बाह्य सुरक्षासम्मका लागि नेपाली सेनाले आफ्नो सक्रियता बढाएको छ । आफ्नो गस्ती बढाउँदै सेना निर्वाचन सुरक्षामा बढी सक्रिय भएको हो । सेनाले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका साथै दोस्रो चरणका ४५ जिल्लाको प्रचारमा समेत निगरानी राखेको छ ।

सेना बाहिरी घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा उम्मेदवारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर बन्दुक, खुकुरी, चेन, लाठीलगायत हतियार बोकेर हिंडडुल गर्न नदिने काममा समेत सहयोगी बनेको छ ।

हतियार तथा विस्फोटक पदार्थ बोकेको कुनै व्यक्ति भेटेमा सेनाले तत्काल कारबाहीसमेत गर्न सक्नेछ । निर्वाचनको केही दिनअघिसम्म बम विस्फोटलगायत घटना बढेपछि सेनाले आफ्नो सक्रियता बढाएको जनाएको छ । भित्री घेरामा सुरक्षा दिने र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने काम नेपाल प्रहरीको हो । मतदान केन्द्रको बाहिरी सुरक्षासहित महत्त्वपूर्ण आधा दर्जन क्षेत्रको सुरक्षा जिम्मामा रहेकाले सेना बढी सक्रिय बनेको हो । ‘तर, सेना स्वयं अग्रसर हुँदैन । आपतकालीन अवस्था आउँदा भूमिका निर्वाह गर्छ,’ एक उच्च सैन्य अधिकारीले भने, ‘सेनाले सबै स्थानको अध्ययन गरेर बसेको छ । अवाञ्छित तत्त्वहरूको भूमिकालाई पनि नियालिरहेको छ ।’

निर्वाचनमा ६१ हजारभन्दा बढी सैनिक खटिइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘निर्वाचनविरोधी गतिविधिमा संलग्न हुन सक्ने सम्भावित पक्षलाई हामीले नजिकबाट नियालिरहेका छौं,’ सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले भने, ‘सादा पोसाकमा प्रहरी खटिएजस्तै नेपाली सेनाले पनि आफ्नो निगरानी गरिराखेको छ । चुनावविरोधी गतिविधि गर्ने जोसुकै भए पनि सजायका भागीदार हुन्छन् ।’ संयुक्त सुरक्षा योजनाअनुसार सेना अगाडि बढेको र निर्वाचनविरोधी गतिविधि हुन नदिन सक्रिय रहेको पनि दाहालले बताए । निर्वाचन बिथोल्ने र विस्फोटक पदार्थ बोक्ने समूहलाई सेनाले भौतिक कारबाही नै गर्ने सैन्य अधिकारीले जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments