२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनडिआरसी नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

अ+ अ-

जर्मनी । दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी नेपाल)लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि महासन्धि (युएनएफसिसिसी) को २३ औं सम्मेलन (कोप–२३) का अवसरमा यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा विश्व वातावरण कोषका प्रमुख कार्यकारी अधिकृत डा. नाओका इसिले एनडिआरसीलाई सो पुरस्कार प्रदान गरे ।

कार्यक्रममा एनडिआरसी नेपालका कार्यकारी निर्देशक डा. ध्रुर्व गौतमले अर्घाखाँची र कपिलवस्तुमा पर्ने बाँणगंगा नदीतटीय क्षेत्रको तल्लो भागमा रहेका कृषि भू–भाग र सिमसार क्षेत्रको दिगो विकासमा माथिल्लो भागमा गरिने दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणले कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । खोरीया फँडानी, फिरन्ते खेती प्रणालीलाई कम गर्नमा पनि संस्थाले पुर्याएको योगदानको सो अवसरमा उच्च प्रशंसा गरिएको थियो ।

विश्वका ७० देशका ३३८ गैरसरकारी संस्थाहरुबीच गरिएको प्रतिस्पर्धाबाट सो संस्था छनौटमा परेको थियो । विभिन्न छ वटा विधामध्ये निर्णायक मण्डलको पहिलो रोजाइको सो पुरस्कारको राशि रु ३१ लाख र सम्मानपत्र रहेको छ । छनौट समितिमा विश्व वातावरण कोष, स्टकहोम पुर्नस्थापन केन्द्र, सेभ द चिल्ड्रेन, विश्व वन्यजन्तु कोष, रेयर, जैविक अन्तर्राष्ट्रियलगायत १९ वटा संस्था संलग्न रहेका छन् ।

‘समाधानको खोजी स् दिगो कृषि प्रणाली मार्फत जैविक विविधता संरक्षण’ पुरस्कारलाई अन्तर्राष्ट्रिय जलवायुका पहलहरु नामक आभियानले आर्थिक सहयोग गरेको छ । यसमा जर्मनीको वातावरण मन्त्रालय, प्रकृति संरक्षण र भवन तथा आणविक सुरक्षाजस्ता निकायहरुको सहयोग रहेको छ । विगत तीन वर्षदेखि रेयर, जैविक अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय जैविक विविधता सचिवालयले संयुक्तरुपमा विश्वभरबाट ‘विकासका समस्या र दिगो समाधान’ को खोजी गर्ने उत्कृष्ट संघसंस्थाहरुलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस