गृहलाई थप ९ अर्ब « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहलाई थप ९ अर्ब


६ मंसिर २०७४, बुधबार


काठमाडौं । अर्थ मन्त्रालयले चार दिनयता मात्रै संघ र प्रदेशसभा चुनाव सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई नौ अर्ब निकासा गरेको छ ।

सुरक्षा प्रबन्धका लागि अर्बौ खर्च भइरहे पनि मुलुकको सुरक्षा अवस्था भने सुदृढ हुन सकेको छैन । विभिन्न जिल्लामा उम्मेदवारलक्षित बम विस्फोट हुने क्रम बढ्दो छ ।

अर्थ मन्त्रालयले सोमबार मात्रै संघ र प्रदेशसभा चुनावका लागि सुरक्षा निकायलाई तीन अर्ब ९७ करोड रुपैयाँ निकासा गरेको हो । यसअघि अर्थले गृह मन्त्रालयलाई पाँच अर्ब रुपैयाँ निकासा दिएाके थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस