गृहको सुरक्षा नीति, उम्मेदवारलाई प्राथमिकता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहको सुरक्षा नीति, उम्मेदवारलाई प्राथमिकता


३ मंसिर २०७४, आइतबार


काठमाडौं । चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।

केही दिनयता उम्मेदवार र चुनावी कार्यक्रमस्थललाई लक्षित गरी विस्फोटका घटना गराइएका छन् । यस्ता घटना शृंखलाबद्ध रूपमा हुन थालेपछि गृह मन्त्रालयले उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ ।

सुरक्षा सतर्कता बढाउन शनिबार साँझ गृहमा मन्त्रालयका उच्च अधिकारीहरूको बैठ बस्यो । बैठकले देशभर थप सुरक्षा सतर्कता अपनाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस