२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदास्थलका सार्वजनिक चर्पीको सफाइ

अ+ अ-

काठमाडौँ । पाँचौं विश्व चर्पी दिवसका अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा रहेका सम्पदास्थलका नौ सार्वजनिक चर्पीको सरसफाइ गरिएको छ ।

वसन्तपुर, भीमसेनस्थान, टंकेश्वर, कंकेश्वरी, शोभाभगवती, भूइँखेल र स्वयम्भूनाथ चैत्यमा रहेका ती चर्पीलाई सरसफाइ गरिएको हो ।

वाटरएडको “विश्व शौचालयको अवस्था सन् २०१७ प्रतिवेदन” अनुसार आधारभूत सुविधायुक्त शौचालयको पहुँचमा सुधार र खुल्ला क्षेत्रमा दिसा गर्नेको संख्या न्यूनीकरण गर्नेमा नेपाल पहिलो १० देशभित्र पर्दछ । सो प्रतिवेदनले खुल्ला दिसामुक्त क्षेत्र सुधार्नेतर्फमा नेपाल चौंथो स्थानमा पर्दछ ।

वसन्तपुरबाट शुरु भएको उक्त कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठले वाम गठबन्धनले समृद्ध नेपालको परिकल्पना गरी विभिन्न रचनात्मक र सामाजिक कार्यक्रम गरेको बताउँदै सभ्य समाज निर्माणका लागि स्वस्थ्य जीवनको खाँचो औल्याए।

उनलेविश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्यलाई एक स्थानबाट अर्को स्थानमा सम्पदा पैदलमार्ग’ का रुपमा विकास गर्ने आफ्नो योजना रहेको जानकारी गराए ।

सोही क्षेत्रको प्रदेश (क) का उम्मेदवार राजेश शाक्य र प्रदेश (ख) का उम्मेदवार अष्टलक्ष्मी शाक्य तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदास्थलमा विभिन्न मुलुकका पर्यटक घुम्न आउने हुँदा त्यस क्षेत्रको संरक्षणमा जोड दिँदै सम्पदास्थलका सार्वजनिक चर्पी सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

नेपालमा सन् २००० मा खुल्ला क्षेत्रमा दिसा गर्ने मानिसको संख्या ६५ प्रतिशत थियो भने आधारभूत सरसफाइमा तीव्र प्रचारप्रसार भएकाले सन् २०१५ मा आउँदा खुल्ला क्षेत्रमा दिसा गर्ने मानिसको संख्या घटेर ३० प्रतिशत रहेको बताइएको छ ।

सन् २०१५ मा आइपुग्दा पनि ८५ लाख मानिसले अझै खुल्ला क्षेत्रमा दिसा गर्न बाध्य छन्, जुन प्रत्येक १० जनामध्ये दुई जनाले खुल्ला क्षेत्रमा दिसा गरिरहेको अवस्था हो । खानेपानी तथा ढल निकास विभागको हालैको तथ्यांकअनुसार नेपालका ९ प्रतिशत घरधुरी अझै पनि आधारभूत शौचालयको सुविधाबाट वञ्चित छन् र उनीहरु खुल्ला क्षेत्रमा दिसा गर्न बाध्य छन् । काठमाडौँमा प्रत्येक ४६ हजार जनसंख्याका लागि एक सार्वजनिक शौचालय छ ।

आधारभूत शौाचालय र उचित सरसफाइको कमीले गर्दा झाडापखाला लगायत विभिन्न सरुवा रोगको संक्रमण हुने गरेको पाइएको छ । प्रत्येक वर्ष करिब ७०० बालबालिका सरुवा रोगका कारण मर्ने गरेको अभिलेख छ ।

वाटरएड नेपालका राष्ट्रिय निर्देशक त्रिप्ति राईले सबैलाई आधारभूत शौचालयको पहुँच विस्तार गराउन र खुल्ला दिसामुक्त क्षेत्र बनाउन सरकारले गरेका विभिन्न कार्यक्रम तथा अभियान सराहनीय रहेको बताउँदै विगत केही वर्षयता आधारभूत सरसफाइ ६ प्रतिशतका दरले वृद्धि भइरहेको जानकारी दिए।

करिब २६ लाख जनसंख्या अझै पनि आधारभूत शौचालय र मानवअधिकारबाट वञ्चित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस