२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चियाखेतीतर्फ आकर्षित हुँदै किसान

अ+ अ-

इलाम । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्ने मानसिकता थियो, त्यतिबेला उनमा ।

“त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” खत्रीले भनिन् “आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”

चियाखेतीबाट आम्दानी पनि लिन सकिन्छ भन्ने कुरा थाहा नपाएकी खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउँथिन् । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, तर हामी बिक्री गर्दैनथ्यौँ,” उनले भनिन् ।

थोरै बारीमा मात्रै परम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उनका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन/चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” खत्रीले भनिन् “हामी त्यति बेला घाममा मात्र चिया सुकाउँथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउँथ्यौँ ।”

घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आए । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उनी सदरमुकाम आएकी हुन् ।

“त्यतिबेला रु दुई हजार पुरस्कार पाए,” उहाँले विगत सम्झिइन् “त्यसले थप हौसला बढायो ।” खत्रीको अहिले आफ्नो र भाडामा गरी ९०० रोपनी जग्गामा चियाखेती छ । चिया बगानसँगै उनकै चिया प्रशोधन गर्ने उद्योग पनि छ । त्यही चियाबाट अहिले वार्षिक रु तीन लाखदेखि रु चार लाख नाफा हुन्छ ।

उनको चिया प्रशोधन उद्योग हेर्न छिमेकी जिल्ला र गाउँघरबाट किसान आउँछन् । अहिले खत्रीले उत्पादन गरेको चिया विदेशमा समेत निर्यात हुन्छ । उहाँले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाइसकेकीछिन्। लेकाली कृषि सहकारी संस्थामा आबद्ध खत्रीले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गरेकीछिन्।

यस्तै, सूर्योदय नगरपालिकाका चिया कृषक काजीमान कागतेले २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गरे। शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गरेका कागतेले चियाको माग बढ्दै गएपछि खेती विस्तार गरे । हाल ८० रोपनी जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन हुन्छ ।

“चियाबाट मनग्य आम्दानी हुन्छ । चियाले नै परिवार पालेको छुँ” कागतेले भने “अहिले व्यावसायिक चियाखेती बढेपछि त अझै राम्रो खेती हुन थालेको छ ।” झुल्के घाम लघु चिया उद्योगका सदस्यसमेत रहेका कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाख लिएका छन् ।

उनीहरु दुईजना त प्रतिनिधि पात्र मात्र हुन् । चियाखेती गरेर मनग्य आम्दानी गर्ने किसान प्रशस्तै छन् । विभिन्न संघ संस्थाले तालीमको समेत व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ वताउँछन् ।

सरकारी तवरबाट पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम आउने गरेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई वताउँछन् । ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको राईले बताए। केन्द्रीय चिया सहकारी संघ इलामका अनुसार नेपालभर ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् । करिब १५ हजारले चियामा रोजगार छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार आव २०७३/७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला झापा, इलाम, पाँचथर, तेह्रथुम रहेको छ ।

प्रतिक्रिया दिनुहोस