२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा अतिरिक्त समयमा पनि इजलास बस्ने

अ+ अ-

काठमाडौं । मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्च अदालतमा शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने भएको छ । कायम रहेका न्यायाधीशबाटै अदालतमा विचाराधीन मुद्दा फछ्र्यौट गर्नुपर्ने अवस्था रहेको भन्दै सर्वोच्चले अतिरिक्त इजलास कायम गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले केही समयअघि अतिरिक्त इजलास सञ्चालन गर्ने गरी सर्वोच्च अदालत नियमावली परिमार्जन गरेको थियो । सर्वोच्चमा आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्म अहिले २२ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० न्यायाधीश रहने व्यवस्था छ ।

सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने गरी निर्णय भएको बताए । पन्थीले भने- ‘शुक्रबारबाटै अतिरिक्त समय इजलास लाग्ने छन् । बिहान साढे ९ बजे नै न्यायाधीश आउनुपर्नेछ । अघिल्लो दिनको आदेश तयार पार्नुपर्ने अवस्थामा आदेश तयार पारी साढे दस बजेबाट न्यायाधीश इजलासमा बस्नु पर्नेछ ।’

सर्वोच्चमा कर्मचारीको हकमा अहिले पनि ९ बजे नै उपस्थित हुनुपर्ने व्यवस्था छ । अब न्यायाधीश पनि साढे ९ बजे नै उपस्थित हुनु पर्नेछ । दैनिक पेसी सूची तय गर्ने र बेन्च विभाजनको कार्य सोअघि नै हुन्छ । दैनिक खाजा समय तत्कालका लागि १ देखि २ बजेसम्म तोकिएको छ । नियमित कार्यालय समयपछि प्रधानन्यायाधीशले तोके बमोजिम इजलास बस्नेछ ।

सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३ (१) अनुसार सर्वोच्चमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म इजलास बस्ने व्यवस्था छ । अन्य बारहरूमा भने दैनिक १० बजेदेखि ५ बजेसम्म इजलास बस्ने उल्लेखित छ । यस्तै, नियम ४ (३) अनुसार प्रधानन्यायाधीशले कार्यालय समयको अतिरिक्त समय र बिदाको दिनमा समेत इजलास तोक्न सक्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस