२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी भ्रमणमा मात्रै सवा दुई अर्ब

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ।

निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ। निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ। मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ। आयोगले स्थानीय तह निर्वाचनमा एक अर्ब ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो।

आगामी चुनावमा भ्रमण भत्ताका लागि छुट्याइएको रकम स्थानीय चुनावको भन्दा ३५ करोड ६५ लाख रुपैयाँले बढी छ। आयोगले स्थानीय भत्ताका लागि एक करोड रुपैयाँ छुट्याएको छ भने अन्य भत्ता शीर्षकमा एक अर्ब ७५ करोड २३ लाख रकम खर्च गर्ने योजना बनाएको छ।

आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय भत्ताका लागि ३८ लाख र अन्य भत्तामा एक अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ। आयोगले निर्वाचन शिक्षा तथा अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि १९ करोड आठ लाख खर्च गर्ने भएको छ।

हतारमा निर्वाचन गर्ने परिपाटीले निर्वाचनका बेला गरिने कार्यक्रमको अनुगमन गर्न आयोगले त्यति नभ्याए पनि यो शीर्षकमा रकम भने छुट्याइएको छैन। आयोगले अहिले नमुना मतपत्र र निर्वाचन सामग्रीसमेत छापिसकेको छ। कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागेको प्रवक्ता नवराज ढकालले बताए।

आयोगले आगामी चुनावका लागि पाँच करोड आठ लाख ५० हजार इन्धनमा खर्च गर्ने भएको छ। यसअघिको स्थानीय तह चुनावमा इन्धनमा दुई करोड ७७ लाख रुपैयाँ खर्च गरे पनि प्रतिनिधि तथा प्रदशेसभा चुनावमा भने यो शीर्षकअन्तर्गत खर्च छुट्याएको छैन। आसन्न निर्वाचनका लागि तीन अर्ब सात करोड ७४ लाख खर्च गरिने भएको छ। स्थानीय चुनावमा कार्यक्रम खर्च शीर्षकमा एक अर्ब ५४ करोड रुपैयाँ खर्च गरिएको आयोग प्रवक्ता ढकालले जानकारी दिए।

अन्य रकम पनि विभिन्न शीर्षकमा खर्च गरेको आयोगले जनाएको छ। आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कार्यालय प्रयोजनका लागि कार्यालयसम्बन्धी खर्च शीर्षकमा दुई अर्ब २३ करोड ५० लाख खर्च गर्ने भएको छ।

आयोगले निर्वाचन सेवा तथा परामर्शका लागि एक करोड ५५ लाख खर्च गर्ने भएको छ। अन्य सेवा शुल्कको लागि २० लाख छुट्याएको छ। बिमा शीर्षकमा आयोगले १५ करोड रुपैयाँ छुट्याएको छ। सञ्चालन तथा मर्मत सम्भारका लागि ११ करोड रुपैयाँ छुट्याएको छ।

आयोगले चुनावी प्रयोजनका लागि लिइने घरभाडाको लागि पाँच करोड ५६ लाख खर्चिने भएको छ। निर्वाचनमा सञ्चार महसुलको लागि दुई अर्ब ९७ करोड खर्च गर्ने तयारी गरेको छ। पानी र बिजुलीमा मात्र तीन करोड ६८ लाख ४० हजार खर्च गर्न लागेको छ। यसका अलवा आयोगले विविध खर्च शीर्षकअन्तर्गत ५५ करोड १३ लाख ४७ हजार रुपैयाँ खर्च छुट्याएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस