थापा भावी प्रधानसेनापति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थापा भावी प्रधानसेनापति


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । नेपाली सेनाको भावी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ । जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् ।

सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन् ।

जंगी अड्डाको मर्यादाक्रममा प्रधानसेनापति क्षत्रीको अवकाशपछि प्रधानसेनापति हुने लाइनमा थापा छन् भने थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवरको नाम सिफारिस छ । कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन् । यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ । ‘खाली भएको पदमा स्वतस् प्रमोसन प्रक्रिया अघि बढेको छ । केही दिनमा सरकारले निर्णय लिनेछ,’ सैनिक प्रवक्ता नयनराज दाहालले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस