डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते « प्रशासन
Logo १६ असार २०७९, बिहिबार
   

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते


१८ कार्तिक २०७४, शनिबार


बस दुर्घटना

डोटी । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् ।

दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरुमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् ।

केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जिप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा आज दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस