‘डायल अप’ युगको अन्त्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘डायल अप’ युगको अन्त्य


१५ कार्तिक २०७४, बुधबार


काठमाडौं । इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन् ।

मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै मुस्किकले इन्टरनेट कनेक्सन गरेर अत्यन्त सुस्त गतिमा इन्टरनेट चलाउने युग अब अन्त्य भएको छ । नेपालमा डायल अपमार्फत इन्टरनेट चलाउने मानिसको संख्या करिब–करिब सकिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकलाई दृष्टिगत गर्दा नेपालमा अब डायल अप प्रयोग गर्ने मानिस एक सय ५१ मात्र छन् । त्यो पनि प्रयोगमा नभएको हुन सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिएसँगै डायल अप प्रयोग गर्नेको संख्या निरन्तर घट्दै गएको उनले बताए । निरन्तर घट्दो क्रममा रहेको डायल अप प्रविधि अहिले विस्थापित भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस