खड्का मन्त्रालय तानिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खड्का मन्त्रालय तानिए


१४ कार्तिक २०७४, मंगलबार


काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो ।

मन्त्रिपरिपाद् निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । खड्कालाई तान्ने निर्णय भएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए ।

संसदीय समिति र मन्त्रालयबाट दोषी ठहर्याइएका खड्कालाई मन्त्रालय तान्ने सचिव देवकोटाको प्रस्तावलाई आपूर्तिमन्त्री जयन्त चन्दले सोमबार सदर गरेका हुन् । मन्त्री चन्दले खड्कालाई सोमबार नै मन्त्रालय बोलाएर जानकारी गराएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस