२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौचन हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान ?

अ+ अ-

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ । उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन । प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो । गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो ।

प्रहरीले गौचनको हत्यामा भाडाका सुटर प्रयोग गरिएको थियो कि पुन समूहकै सदस्य प्रत्यक्ष रूपमा खटिएका थिए भन्ने निक्र्योल गरिसकेको छैन । छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले हत्यामा नेपाली सुटरकै प्रयोग भएको भन्ने निष्कर्ष भने निकालिसकेको छ ।

घटनास्थल वरपर कुनै सीसीटीभी क्यामेराको कभरेज नभएपछि प्रहरीलाई अनुसन्धानमा केही अप्ठ्यारो परेको थियो । प्रहरीका अनुसार गोली हानी मोटरसाइकलमा भागेका हत्यारा कात्यायनी चोक हुँदै पिंगलास्थान निस्किएर कपनतिर भागेको हुन सक्ने अनुमान छ । प्रहरीले सुटर चढेको भनिएको एक मोटरसाइकल तिलगंगा छेउबाट कपन निस्कने जंगलमा फेला पारेको थियो । बेवारिसे फेला परेको कालो रङको साइन मोटरसाइकल नै सुटरले प्रयोग गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि त्यसबाट खोजेजस्तो सूचना प्रहरीले पाउन सकेन । स्रोतका अनुसार उक्त मोटरसाइकलका धनी को थिए भनेर प्रहरीले यातायात व्यवस्था विभागबाट जानकारी लिने प्रयत्न गरेको थियो तर मोटरसाइकलको नम्बर विभागको ढड्डामा भेटिएन । प्रहरीले रातो कालो रङको पल्सर मोटरसाइकल पनि घटनामा प्रयोग भएको निष्कर्ष निकालेको छ तर उक्त मोटरसाइकल न प्रहरीले फेला पारेको छ न त्यसका धनी को थिए भन्ने नै । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस