२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितलाई छाकको भन्दा जाडोको चिन्ता

अ+ अ-

काठमाडौं । अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ । अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल परेको बाढीपीडितको गुनासो छ ।

त्रिपालबाट शीत चुहिने र स्याउलाले बनाएको छाप्रोेले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती–सोनारी गाउँपालिका–२ टिकुलीपुरकी बाढीपीडित मञ्जु विकले दुखेसो गरिन् । ‘त्रिपालबाट शीत तप–तप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथ्रुक्क भिजेको हुन्छ,’ उनले भनिन्, ‘यसपालि जाडो कटाउन मुस्किल पर्लाजस्तो छ ।’

बाढीले घर भत्किँदा सिरक–डसना घरमै पुरिएपछि सिद्धसाई कुमारी सामुदायिक वनमा बस्दै आएको टिकुलीपुरकी डोल्मा विकले बताइन् । उनले रातभर भिजेको लुगा दिउँसो सुकाएर ओढ्ने गरेको बताइन् । ‘सिरक–डसना पनि छैन, पातलो लुगा ओढ्यो, त्यो पनि रातभरमा भिजेर ओढ्न मिल्दैन,’ डोल्माले गुनासो गरिन् ।

राप्ती–सोनारी गाउँपालिका–२ शमशेरगन्जका बाढीपीडितलाई खाद्यान्नभन्दा पानीको चिन्ता छ । दुर्गा सामुदायिक वनमा बस्दै आएका शमशेरगन्जका ६० परिवार बाढीपीडितले एउटा इनार बनाएका छन् । तर, उक्त इनारको पानी पिउनमा प्रयोग नभएपछि उनीहरू पिउने पानी किन्न बाध्य छन् ।

इनारको पानी दूषित भएकाले लुगा धुन र भाँडावर्तन माझ्न मात्र प्रयोग गर्दै आएको रूपा थारूले बताइन् । उनले पिउने पानीका लागि एक किलोमिटर पर जानुपर्ने बाध्यता रहेको बताइन् । ‘इनारको पानी पिउन मिल्दैन, शुल्क नतिरे पानी पिउन पाइँदैन,’ उनले भनिन् ।

पिउने पानीबापत प्रतिपरिवार मासिक ५० देखि सय रुपैयाँ तिर्दै आएको नयाँ बस्तीका रामकली थारूले बताइन् । उनले स्थानीय सोमई मगरको निजी हेन्डपम्पको पानी प्रयोग गरेबापत सानो परिवार संख्या हेरेर पानीको शुल्क तिर्दै आएको बताए । ‘सानो परिवारले मासिक ५० र ठूलो परिवारले सय रुपैयाँ शुल्क तिर्नुपर्छ,’ उनले भने । नयाँ बस्तीमा ६० परिवार बाढीपीडित बस्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस