माओवादी मन्त्रीको जिम्मेवारी खोसियो, गृह र परराष्ट आफैसंग राखे शेरबहादुरले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी मन्त्रीको जिम्मेवारी खोसियो, गृह र परराष्ट आफैसंग राखे शेरबहादुरले


प्रशासन विशेष ब्युरो

३१ आश्विन २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण मन्त्रालय आफैसँग राख्दै माओबादीको भागमा रहेको उर्जा मन्त्रालय उपप्रधानमन्त्री राप्रपा अध्यक्ष कमल थापालाई दिएका छन् ।

शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

 

हेर्नुहोस् देउवाको जम्बो मन्त्रिमण्डल

प्रतिक्रिया दिनुहोस