बिटक्वाइनको कारोबारमा इ–सेवा पनि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिटक्वाइनको कारोबारमा इ–सेवा पनि


२९ आश्विन २०७४, आइतबार


काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको इ–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ । संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा प्रतिबन्धित यस्तो मुद्रा इन्टरनेटमा खरिद बिक्री गरेर फाइदा लिने गरिएको छ ।

कुनै जमानामा गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ । बिट क्वाइनको कारोबारलाई नेपाल सरकार र राष्ट्र बैंकले अबैध भनेका छन् ।

सञ्चार माध्यममा समाचार आएपछि यसका सातजना कारोबारी पक्राउ परेका छन् । बिटक्वाइन माइनिङ (उत्पादन) भइरहेको कार्यशालामा पनि प्रहरीले हस्तक्षेप गरिसकेको छ ।

‘भर्चुअल मनि’ किन बेच गरेर जुवाको शैलीमा फाइदा लिनेहरुले फैलाएको यो कारोबारमा इ–सेवाको सहकार्य रहेको तथ्य बिट सेवाको आधिकारीक वेवसाइटमा नै उल्लेख छ । तर, फलोअप समाचार र प्रहरी हस्तक्षेप बढेपछि बिट सेवाको अनलाइन अचानक ‘डाउन’ गरिएको छ ।

नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिट क्वाइनको कारोबार हुदैं आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ । केही बैंकले पनि विट क्वाइनका कारोबारीको रकम आदान प्रदान गराइरहेको भेटिएको छ । तर उनीहरुमाथि राष्ट्रबैंकको नजर परेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस