इमान गुमाउँदै राजनीति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इमान गुमाउँदै राजनीति


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । एमालेले गुन्डा नाइकेका रूपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) लाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थसचिव रामेश्वर खनालले व्यङग्यात्मक टिवट गरे, ‘नेपाली बामपन्थी आन्दोलनका अग्रणी नेता, द्वन्द्वात्मक भौतिकबादका प्रखर व्याख्याता मनाङबाट प्रदेशसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस ।’

स्थानीय तहको पहिलो चरण निर्वाचनअघि काठमाडौं प्रहरीले गुण्डा पृष्ठभूमीका केही व्यक्तीलाई पक्राउ गर्‍यो । त्यही हुलमा थिए– लामो समयदेखि गुण्डागर्दी, अवैध असुली र अकुत सम्पत्ती आर्जनको आरोप झेलेका मनाङे पनि । उनलाई जिल्ला प्रशासनंले ५ दिन थुनामा राख्न अनुमती दिएको थियो । स्थानिय तहको चुनाव सकिएलगत्तै आएको प्रदेशस्तरीय निर्वाचनमा अन्ततस् उनै मनाङे उम्मेवार हुने तरखरमा छन् ।

काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख रमेश खरेलले उनलाई अवैध असुली र गुण्डागर्दीको आरोपमा पक्राउ गरेका थिए । त्यसयता काठमाडौं परिसरका प्रत्येक नयाँ प्रमुखले उनलाई पक्राउ गर्ने गरेका छन् । आपराधिक गतिविधी संचालन गर्दै अकुत सम्पत्ती आर्जन गरेको आरोपमा उनले सम्पत्ती शुद्धीकरण मुद्धा पनि खेपेका थिए । सम्पत्ती शुद्धिकरण विभागले उनीमाथी झण्डै १५ करोड अकुत सम्पत्ती आर्जन गरेको दाबी सहितको मुद्धा विशेष अदातलमा पेश गरेको थियो । २०७३ असार दोस्रो साता बिशेष अदालतका कर्मचारीलाई धम्की दिएको आरोपमा पक्राउ परेका उनलाई गत भदौमा अकुत सम्पत्ती आर्जनको मुद्धामा बिशेष अदालतले नै सफाइ दियो ।

मूलधारको राजनीति गरिरहेका दलहरुका निम्ती मनाङे जस्ता पात्रको चयन नौलो विषय होइन । राजनीतिमा अपराधीकरण वा अपराधको राजनीतिकरण पछिल्ला वर्षहरुमा सघन देखिदै गएको छ । समाजशास्त्री चैतन्य मिश्र उम्मेदवारका रुपमा मनाङेको सिफारिसबाट उति धेरै चकित छैनन् । मिश्रको बुझाइमा समग्र नेपाली राजनीतिको भ्रष्टीकरणको उदाहरण दिन मनाङेको उदाहरणसम्म पुग्नै पर्दैन ।

‘धमिलो राजनीति र त्यसैको बलमा तैरीरहेको अनैतिकतालाई नियाल्यो भने धेरै कुरा आफै बुझिन्छ’, मिश्र भन्छन्, ‘राजनीतिको मुल्य बुझ्न दलहरुले विगतका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा लोकमानसिंह कार्कीलाई गरेको सिफारिस, प्रधानन्यायधिश सुशिला कार्कीमाथी लगाइएको महाअभियोग र डा. गोविन्द केसीका मागप्रति दलहरुको भूमिका हेरे पुग्छ ।’ उनले प्रश्न गरे, ‘राजनीतिमा कती नैतिकता छ भन्ने बुझ्न यि घटना काफी छैनन र ? गुण्डागर्दी मात्रै अपराध हो ? सामाजीक र नैतिक विषयमा दलहरुको भूमीका गुण्डागर्दीको भन्दा कम छ र ?’

भ्रष्टाचारको आरोपमा सजाय खेपेका र दलको साधारण सदस्य समेत हुन अयोग्य खुमबहादुर खडकालाई नेपाली काँग्रेसले चुनावमा टिकट बाड्ने महत्वपुर्ण समितिमा मनोनयन गरेको पछिल्लो दृष्टान्त पनि उम्मेदवारमा मनाङेको सिफारिसभन्दा कम होइन । नैतिकताको कसीमा मात्रै होइन, प्रचलित कानूनी प्रावधानलाई समेत कुल्चिदै प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले खडकालाई चुनावको टिकट बाड्ने समीतिमा राखेका छन् । समाजशास्त्री मिश्र राजनीतिक, नैतिक र कानूनी रुपमा पतन भईसक्दा पनि खुमबहादुर पार्टीभित्र प्रभावशाली भएको देख्दा अचम्म मान्छन् । उनले भने, ‘यो त प्रवृत्ति मात्रै हो । यसले काँग्रेस जस्तो पार्टीको हैसियत कहाँ पुगेछ भनेर देखाउँछ । विपीको बेलाको कांग्रेससँग तुलना गर्दा पार्टी कहाँ देखिन्छ होला ?’

काँग्रेसको जिल्ला कार्यसमीति प्युठानले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट रोज राणासहित ३ जनाको नाम सिफारिस गरेको छ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका विवादास्पद छवीका राणाको नाम सिफारिसको पहिलो नम्बरमा राखिएको छ । काठमाडौंको दरबारमार्ग क्षेत्रमा क्यासिनो व्यवसायमा समेत सक्रिय राणाविरुद्ध असुली र लेनदेनका थुपै्र मुद्धा छन् ।

एमालेले मोरङ ६ बाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा परशुराम बस्नेतलाई सिफारिस गरेको छ । उनीमाथि अकुत सम्पत्ती आर्जनको मुद्धा चलीरहेको छ । उनीविरुद्ध अपहरण र जर्वजस्ती असुलीका मुद्धाहरु छन् । अवैधरुपमा रकम आर्जन गरेको अभियोगमा २०७० जेठ ५ मा सम्पत्ती शुद्धिकरण अनुसन्धन विभागले बस्नेतविरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको थियो । अभियोगपत्रमा उनले आर्जन गरेको सम्पत्ती ठेक्कापट्टाको कमिसन, ब्यापारीहरुबाट असुली, तस्करीको कमिसनलगायत रहेको दाबी गरिएको छ । बस्नेतले अकुत रुपमा ११ करोड ६१ लाख ४१ हजार रुपैया आर्जन गरेको दाबी गरिएको उक्त मुद्धा विचाराधीन छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस