मन्त्रालय तानिँदै गोपाल खड्का « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रालय तानिँदै गोपाल खड्का


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजिर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ । डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण नसोधी बर्खास्त गरेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए ।

निर्वाचन आचारसंहिता लागेकाले खड्कालाई मन्त्रालयमा हाजिर गराउन आयोगमा अनुमतिका लागि पत्राचार गरिएको छ । अनियमितता पुष्टि भएकाले खड्कालाई निगमको भूमिकाबाट बाहिर राख्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘खड्कालाई मन्त्रालयमा तान्न आयोगमा पत्राचार भइसकेको छ’, ती अधिकारीले भने, ‘आयोगले अनुमति दिनासाथ मन्त्रालयमा तान्छौं ।’ नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस