२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वहुउपयोगी लट्टेखेती तथा बीउ उत्पादन प्रविधि

अ+ अ-

परिचय
अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको लट्टे संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खलामा र मध्य तथा दक्षिण अमेरिकी देशहरूमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइन्छ । रैथाने बाली भएकाले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने र प्रयोग पनि फरक–फरक तरिकाबाट हुने गरेको पाइन्छ । तराई तथा भित्री मधेसमा यसलाई ‘रामदाना’ भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’, उच्च पहाड र विशेष गरी कर्णाली एवम् सोभन्दा पश्चिमका क्षेत्रमा ‘मार्से’ तथा सुदूरपश्चिमको बैतडी, दार्चुलातिर यसलाई ‘बेत’ वा ‘बेथे’ भन्ने गरिन्छ ।

महत्व
उच्च पहाडी जिल्लामा लट्टेलाई खाद्यान्नका रूपमा प्रयोग गरिने भए पनि तराई तथा मध्य पहाडका जिल्लामा यसलाई सागका रूपमा खाने चलन बढी छ । वैशाखदेखि जेठमा सहरी क्षेत्रमा छिटफुट रूपमा साग बिक्रीका लागि राखिने गरिए पनि यस बालीको व्यावसायिक खेती भने कमै गरेको देखिन्छ । लट्टे सागमा विभिन्न पोषण तत्व विशेष गरी खनिज पदार्थ (फलाम, क्याल्सियम र म्याग्नेसियम) प्रचुर मात्रामा पाइने भएकाले यो बाली पोषिलो हुन्छ । लट्टेका दानामा १४.७ प्रतिशत प्रोटिन, १.९ प्रतिशत चिल्लो, ६०.७ प्रतिशत कार्बोहाइड्रेट, ९.६ प्रतिशत कोरा रेसा तथा ३.१ प्रतिशत खनिज (०.५१ प्रतिशत क्याल्सियम, ०.४ प्रतिशत फस्पोरस, ०.०११ प्रतिशत फलाम) पाइन्छ (साउँद, २०६६) । लट्टेका दाना ग्लुटिनरहित भएकाले ग्लुटिन पचाउन नसक्नेका लागि यसको परिकार एकदमै प्रभावकारी मानिन्छ ।

विविधता
नेपालका सन्दर्भमा यस बालीमा अन्यन्तै कम अनुसन्धान भएको छ, त्यसैले नेपालमा यसका यति नै प्रजाति उपलब्ध छन् भनेर भन्न सकिने अवस्था छैन । तर, विगत केही वर्षयता विभिन्न दातृ निकाय र बायोभर्सिटी इन्टरनेसनलको सहयोग तथा ली–बर्ड र नार्कको सहकार्यमा यस बालीमा सघन अनुसन्धानको काम भइरहेको छ । उक्त अनुसन्धानको प्रारम्भिक नतिजा अनुसार नेपालमा विशेष गरेर चार प्रजातिका लट्टे पाइने देखिएको छ ।

खेती गर्ने तरिका

हावापानी र तापक्रम
नेपालमा लट्टेको खेती समुद्री सतहबाट ८० देखि ३५०० मिटरको उचाइसम्मको हावापानीमा गर्न सकिन्छ । यो बाली विशेष गरेर माटाका तापक्रम १८ देखि २५ डिग्री सेल्सियसमा राम्रो उम्रन्छ । २५ डिग्री सेल्सियसभन्दा बढीको वायुमण्डलीय तापक्रममा यस बालीले राम्रो उत्पादन दिन्छ भने तापक्रम १८ डिग्री सेल्सियस भन्दा कम भएको अवस्थामा यसको वृद्धि कम हुन्छ । त्यसैगरी कम तापक्रम र छोटा दिन भएका बेला बिरुवा छिटो फुल्ने र उत्पादन पनि कम दिने हुँदा यसलाई लामा दिन र बढी तापक्रम भएका दिनमा खेती गर्दा उपयुक्त मानिन्छ ।

रोप्ने समय
यस बालीलाई तराई, मध्यपहाड र उच्च पहाडमा फरक–फरक समयमा लगाउने गरिन्छ । तराईमा वर्षायाममा पानी बढी जम्ने हुनाले हिउँद (पुस/माघ)मा लगाएको पाइन्छ । उच्च पहाडमा वैशाख/जेठमा लगाइन्छ भने मध्यपहाडमा फागुनको अन्त्यदेखि जेठसम्म लगाउन सकिन्छ । अझ हरियो सागको बढी उत्पादन र बजारीकरणका लागि फागुनको अन्तिमदेखि वैशाख अन्तिमसम्म लगाउन सके बजारमा हरियो सागको कमी भएकाबेला बिक्री गर्न सजिलो हुन्छ ।

माटो
सामान्य खालको माटामा पनि यस बालीबाट राम्रो उत्पादन लिन सकिने भए पनि केही मलिलो र प्राङ्गारिक पदार्थ प्रचुर मात्रामा भएको तटस्थ पी.एच. भएको माटामा यसले राम्रो उत्पादन दिन्छ ।

बीउ दर
प्रतिहेक्टर १ केजी (बिरुवा सारेका खण्डमा) देखि २ केजी (सिधै जमिनमा छर्ने भए) बीउ वा १०० ग्राम प्रतिरोपनी ।

जग्गाको तयारी र रोपाइ
२ देखि ३ पटक जोतेर, डल्ला फुटाई सम्याइसकेपछि बीउलाई बालुवा वा खरानीमा मिसाएर छर्नु उपयुक्त हुन्छ । साना बीउ हुने भएकाले २.५ से.मी. भन्दा गहिराइमा छर्नु राम्रो हुँदैन, यसो गर्दा बीउ नउम्रन पनि सक्छ । हारदेखि हारको दुरी सेमी राख्दा उत्पादन राम्रो लिन सकिने अनुसन्धानले देखाएको छ । बीउ छरेको २ देखि ४ हप्ताभित्र बाक्ला भएका बिरुवा उखेलेर पातलो उम्रेको ठाउँमा सारी बोटदेखि बोटको दूरी १५–२० सेमी कायम गर्न सकिन्छ ।

मलखाद
हालसम्म किसानले लट्टेखेती गर्दा मलखादको खासै प्रयोग नगर्ने भए पनि जग्गा तयार गर्ने बेला ३२ टन राम्रोसँग पाकेको गोठे मल प्रतिहेक्टर प्रयोग गर्दा यस बालीबाट मनग्गे उत्पादन लिन सकिन्छ । रासायनिक मलको हकमा भने ९०ः४०ः३० को अनुपातमा नाइट्रोजन, फोस्फोरस र पोटास राख्दा राम्रो हुन्छ । तर, रसायनिक पदार्थको प्रयोग नगरी खेती गर्दा बिक्री वितरणमा सजिलो हुनाका साथै मूल्य पनि बढी पाउन सकिन्छ ।

सिँचाइ
अन्य बालीका तुलनामा लट्टे बालीले सुक्खा सहने हुँदा कम चिस्यान भएको जग्गामा पनि यसबाट राम्रो उत्पादन लिन सकिन्छ । तर, लट्टे खेती गरिने जग्गामा पानी जम्न भने दिनुहुँदैन । ४ देखि ५ घन्टा मात्र पनि खेतबारीमा पानी जम्यो भने यसको बोट ओइलाउने र अन्त्यमा बोट मर्ने समेत हुन सक्छ । लामो समयसम्मको खडेरीले गर्दा पनि बोटमा छिटो फूल लाग्ने र झर्ने हुन सक्छ । यसकारण जमिनलाई धेरै सुक्खा नछाडी हलुका सिँचाइ (माटो भिज्नेमात्र) दिँदा यसबाट राम्रो प्रतिफल लिन सकिन्छ ।

गोडमेल
बाली लगाएको ठाउँमा झारपात आउनेबित्तिकै कुटाका सहायताले वा हातले उखेलेर सफा गराउनु उपयुक्त हुन्छ । र, बिरुवा ३० सेमी जति अग्लो भएपछि वरपरको माटाले हल्का उकेरा दिनु राम्रो हुन्छ ।

उत्पादन
प्रतिहेक्टर २० टन वा प्रतिरोपनी १ टन साग उत्पादन गर्न सकिने अनुसन्धानले देखाएको छ । दानाका हिसाबमा भने ५० केजी प्रतिरोपनी उत्पादन लिन सकिन्छ ।

बाली काट्ने, बजारीकरण तथा भण्डारण
लट्टेलाई सागका लागि लगाएको हो भने यसलाई रोपेको करिब तेस्रोदेखि चौथो हप्तामा सागका मुन्टा टिपी बजार पठाउन सकिन्छ । र, हरेक दुई हप्ता वा बजारमा मुठा बनाएर बेच्न लायकको भएपछि टिप्ने र बेच्ने गर्नु उपयुक्त हुन्छ । यसरी लगातार टिपेर फूल नफुलेसम्म सागका रूपमा बेच्न सकिन्छ । साग चाँडै ओइलाउने र उपभोक्ताले कम मन पराउने भएकाले टिप्नेबित्तिकै बजार पठाउनु राम्रो हुन्छ । बाहिरबाट हेरेर नै दाना पाकेको थाहा नहुने हुँदा यसका बालालाई हल्का हल्लाएर हातमा दाना परे भने बाली भित्र्याउन तयार भयो भनेर बुझ्नुपर्छ । यसका बाला काट्दा विशेष ध्यान पुर्याएर काट्नुपर्ने हुन्छ नभए धेरै दाना बारीमा नै झर्न सक्छन् । टिपेका बालालाई घाममा राम्ररी सुकाएर मात्र दाना झार्नुपर्छ । मसिनो जालीको सहायताले वा हल्का हावा लगाएर दाना र भुस छुट्याउन सकिन्छ । दाना राम्रोसँग सुकाएर करिब ९ प्रतिशतको चिस्यान कायम गरे लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

बीउ–उत्पादन
बीउ–उत्पादनका लागि पनि माथि उल्लेखित खेतिप्रणालीका अलावा निम्न कुरामा ध्यान दिनु पर्छ:

पृथकता दूरी
अन्न लट्टेमा ५–१०% सम्मको परागसेचन हावामार्फत पनि हुन सक्ने हुँदा बीउ–उत्पादनका लागि लट्टे खेती गर्दा एउटा जात र अर्को जातको प्लटको दूरी करिब २०० देखि ४०० मिटर राख्न उपयुक्त मानिन्छ ।

बेजात तथा झारपात व्यवस्थापन
गुणस्तरीय बीउ–उत्पादनका लागि बाली लगाएको जग्गामा समय–समयमा गोडमेल तथा झारपातको व्यवस्थापन गर्नुपर्छ । फरक जातका बोट देख्नेबित्तिकै तिनलाई हटाउनु उपयुक्त हुन्छ । यस्ता फरक जातका बोट तथा पातको रङ, आकारप्रकार अनुसार भित्र हुन सक्छ । बीउ–उत्पादनका लागि छुट्याइएको प्लटमा २० प्रतिशतभन्दा फरक जात भएमा त्यो प्लटबाट लिइएको बीउलाई शुद्ध भन्न सकिन्न । त्यसैगरी झारपातका सन्दर्भमा पनि प्लटको २० प्रतिशतभन्दा बढी अब्जेक्सनअबेल विड्स हुनुहुँदैन ।

बीउ–उत्पादन प्लटको निरीक्षण
गुणस्तरीय बीउ–उत्पादनका लागि विषय–बिज्ञको उपस्थितिमा कमसेकम दुईपटक प्लटको अवलोकन निरीक्षण गराउनुपर्दछ । पहिलो निरीक्षण फूल फुल्नुभन्दा अघि र दोस्रो फूल फुलिसकेपछि गर्दा उपयुक्त मानिन्छ । यसै समयमा रोग कीराको प्रभाव पनि मापन गर्न सकिन्छ ।

कटानी तथा भण्डारण
फूल फुलेको करिब एक महिनामा बाली भित्र्याउनका लागि तयार हुन्छ । सो कुरा बिरुवाको बालाको रङमा आएको परिवर्तन बोट ओइलाउने गरेको अवस्थालगायत कुराबाट छुट्याउन सकिन्छ । लट्टेबाली पाकिसकेपछि बालालाई बीउ नझर्ने गरी काटेर सुकाउनु पर्छ । भण्डारण गर्ने समयमा बीउमा चिस्यानको मात्र ८ देखि १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । बीउको भण्डारण सुक्खा ठाउँमा गर्नुपर्छ । भण्डारका लागि भने मेटल बिन वा ग्रेनप्रो बोराको प्रयोग उपयुक्त मानिन्छ ।

गुणस्तरीय बीउमा हुनुपर्ने आवश्यक गुण
लट्टेको बीउ गुणस्तरीय हुन तपसिलका भौतिक गुण हुनु आवश्यक हुन्छ:
– उमार शक्ति ७५ प्रतिशतभन्दा बढी तर मूल बीउका हकमा भने ९० प्रतिशतभन्दा बढी हुनुपर्ने ।
– बीउमा चिस्यानको मात्रा ८ प्रतिशत भन्दा कम हुनुपर्ने ।
– बीउमा अन्य जातको बीउ अथवा अन्य भौतिक सामाग्रीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने ।

(साभार : जानकारी पत्र)

प्रतिक्रिया दिनुहोस