रोकियो चिकित्सा विधेयक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रोकियो चिकित्सा विधेयक


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । सरकारले डा. गोविन्द केसीले राखेको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसद्मा बिहीबार पेस गरे पनि एमाले र माओवादी केन्द्रले विरोध गरेपछि छलफल अघि बढ्न सकेन ।

संसद्को बिहीबारको सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल गर्ने र पारित गर्ने उल्लेख थियो । सभामुख ओनसरी घर्ती मगले कांग्रेस, एमाले र माओवादी केन्द्रका सचेतक, संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका तीन दलका दुइ/दुई जना सांसदलाई छलफलका लागि बोलाएकी थिइन् ।

एमालेका राजेन्द्र पाण्डे र माओवादीका धनीराम पौडेलले समितिले दिएको प्रतिवेदनभन्दा फरक तरिकाबाट आएको विधेयक पारित गर्न नहुने भन्दै विरोध जनाएको एक सहभागीले जनाए । सभामुखले बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । ‘दलहरुबीच सहमति जुट्न नसकेर विहीबार छलफल हुन सकेन’, कांग्रेसका सांसद जीवन परियाले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस