१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड

अ+ अ-

काठमाडौँ । बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनी, दक्षिणकाली, बिजेश्वरी, इन्द्रायणी, मैतीदेवी, संकटा, रक्तकाली, नरदेवी, बज्रबाराही, चामुण्डा, सुन्दरीमाई, वनदेवीलगायत स्थानमा भक्तजनको भीड लागेको हो ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

आश्विन शुक्ल अष्टमीका दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजा आराधना गरियो । वर्षभरमा पर्ने अष्टमीमध्ये दुर्गा देवीको पूजा उपासनाको विशेष दिन भएकाले आजको दिनलाई महाअष्टमी भनिन्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरियो । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । यसैगरी कालरात्रि पूजा गर्नेले आज घर–घरमा राति विशेष पूजा गर्छन् ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिन दुर्गा पक्ष दशैँ आदि नामले विशेष रुपमा मनाउने नेपाली परम्परा छ । यसमध्ये पनि आश्विन शुक्ल अष्टमी, नवमी र दशमीका तीन दिनलाई देवीको उपासना र पूजाका लागि विशेष दिन मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । यी तीन दिनलाई विशेष रुपमा मनाउनुअघि आश्विन शुक्ल सप्तमीका दिन दशैँ घर वा पूजाकोठामा फूलपाती भित्र्याइन्छ ।

नौ दिनसम्म नौवटी देवीको पूजा–आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरासहित टीका लगाइन्छ । नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस