सार्वजनिक सेवाका प्रतिस्पर्धात्मक परीक्षाका आकंक्षीहरुका लागि उपयोगी केही महत्वपूर्ण webpage address हरु:
-
psc.gov.np लोक सेवा आयोग
-
opmcm.gov.np प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
-
parliament.gov.np संसद सचिवालय
-
supremecourt.gov.np सर्वोच्च अदालत
-
moga.gov.np सामान्य प्रशासन मन्त्रालय
-
mofald.gov.np संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
-
npc.gov.np राष्ट्रिय योजना आयोग
-
nepallawcommission.gov.np नेपाल कानुन आयोग
-
gorkhapatraonline.com गोरखापत्र
-
ekantipur.com कान्तिपुर
-
prasashan.com प्रशासन अनलाइन पत्रिका
वस्तुगत प्रश्नहरु
१. आकाशीय पीण्ड Black Hole कुन आकारको हुन्छ ?
(क) अण्डाकार (ख) गोलाकार (ग) सोली आकार (घ) कुनै पनि होइन
२. राष्ट्रिय विभूतिबाट सम्मानित संखधर साख्वाले प्रचलनमा ल्याएको नेपाल सम्वत वि सं कतिबाट प्रारम्भ भएको हो ?
३. कलाकार मनदकृष्ण श्रेष्ठको दोश्रो कृति हालसालै प्रकाशित महको म हो भने पहिलो कृति चाँही कुन हो ?
४. तल दिइएको चित्रमा ? को मान कति होला ?
५. यदि मानिस र बिरालोको गरी १० वटा टाउको र ३२ वटा खुट्टा रहेछन् भने त्यस कोठामा कतिवटा बिरालो रहेछन् ?
सही उत्तरहरु:
१. (ग) सोली आकार
२. वि सं ९३६
३. साझा पृथ्वी
४. (C) 125 (Note: 7-6=13=1, 4-2=23=8, 8-3=53=125)
५. ६ वटा
छोटो प्रश्नोत्तर
१. संघीय संरचनामा अन्तरसरकारी वित्तीय हस्तान्तरणका उद्देश्यहरु एवं हस्तान्तरण पद्धतिका अपेक्षित गुणहरु उल्लेख गर्नुहोस् ?
अन्तरसरकारी वित्तीय हस्तान्तरणका उद्देश्यहरु :
- विभिन्न तहहरुवीच रहेको संरचनात्मक असन्तुलन हटाउने
- वित्तीय अदक्षता र असमानता सुधार गर्ने
- सेवाको वहिर्गमनको क्षतिपूर्ति उपलव्ध गराउने
- सरकारका तहहरुवीच रहेका Vertical and Horizontal असन्तुलत कम गर्ने ।
आदर्श हस्तान्तरण पद्दतिमा रहनुपर्ने गुणहरु:
- स्वायत्तता (Autonomy)
- समता (Equity)
- निश्चितता (Predictability)
- दक्षता (Efficiency)
- सरलता (Simplicity)
- प्रोत्साहन (Incentives)
- उद्देश्य पूरा गर्ने (Meet the objectives)
२. भ्रष्टाचारको असरलाई संक्षिप्तमा उल्लेख गर्नुहोस् ?
कुनै पनि देशको विकासका लागि एउटा ठूलो वाधक एवं चुनौतिका रुपमा रहने भ्रष्टाचारको असरलाई देहायका वुँदामा रहेर संक्षेपिकृत गर्न सकिन्छ :
- नागरिक : सेवा एवं सेवाप्रदायकसमक्ष पहुँच कमजोर हुने, समय एवं लागत वढी लाग्ने ।
- समाज : असमानता र असंतुष्टी बढ्न गै द्वन्द्व निम्तिन सक्ने
- राज्यसंयन्त्र : वैधानिकता र विश्वसनियता कमजोर हुने
- कानुनी शासन : कमजोर बढ्ने, विधि भन्दा पनि व्यक्ति हावी हुने
- आर्थिक अवस्था : व्यवसाय एवं विकास नराम्रोसँग प्रभावित हुने, वितरण कमजोर हुने, राजश्व संकलन कमजोर हुने, आर्थिक वृद्धि कमजोर हुने
- वैदेसिक सहायता: ह्रास आउने
- समग्रमा देशको छवी कमजोर हुने र गरिवी बढ्ने ।
परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक
सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता
छिटै वजारमा आउँदैछ । प्रतिक्षा गर्नुहोला ।