नवरात्रको सातौ दिन: आज फूलपाती मनाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवरात्रको सातौ दिन: आज फूलपाती मनाइँदै


११ आश्विन २०७४, बुधबार


काठमाडौं । नवरात्रको सातौं दिन आज धुमधानसँग फूलपाती भित्र्याइँदैछ । यस दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरालगायत नौ प्रकारका पल्लव दसैं घरमा भित्र्याइने गरिन्छ ।

फूलपातीको प्रभावले घरभित्र रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु तथा जीवाणु प्रभाव हट्ने जनविश्वास छ ।

यस दिन टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौं प्रकारका पातको पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक–एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ । पुराणअनुसार इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधका लागि क्रमैसँग नवरात्रको व्रत गरेका थिए ।

यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानले पनि यस दिन धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।
साथै यसै दिन गोरखा दरबारको दसंै घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस