२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हटाइए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम

अ+ अ-

काठमाडौँ । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाएका छन् ।

सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै गौतमलाई मन्त्रीलाई सघाउने गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको थियो ।

महानिर्देशक गौतमलाई आजदेखि लागू हुने गरी मन्त्रालयमा हाजिर गराइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन् । दुई वर्षअघि महानिर्देशकमा चार वर्षका लागि नियुक्त हुनुभएका गौतमलाई पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको (मन्त्रिस्तरीय) निर्णयबाट मन्त्रालय तानिएको बताइएको छ ।

मन्त्रालय तानिनुभएका गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको सदस्यमा उपसचिवद्वय प्रमोद नेपाल र निराजन घिमिरे रहेका छन् । उक्त कार्यदललाई नेपाल सरकारको हवाई नीति ०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारमा अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव पेस गर्ने जिम्मेवारी दिएको छ ।

यसैगरी दोस्रो अन्तरराष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि कोरियन कम्पनी एलएमडब्ल्युले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरी भुक्तानी तिर्नुपर्ने रकमको विषयमा राय सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ ।

त्यस्तै दोस्रो अन्तरराष्ट्रिय विमानस्थललगायतका सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित सुझाव दिन तथा नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाई स्थायीरुपमा हवाई सुरक्षा जाँच ब्यूरो स्थापना गर्ने सम्बन्धमा समेत सुझाव दिने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले महानिर्देशक गौतमललाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस