१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैंमा फोहोरले छोपिँदै राजधानी

अ+ अ-

काठमाडौं । सरकार समयमै गम्भीर नहुँदा राजधानीका सडकमा पछिल्ला महिना पटक–पटक फोहोर थुप्रिन थालेको छ । ०६२ सालमा तीन वर्षका लागि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न थालिए पनि १३ वर्षसम्म कुनै विकल्प अघि नबढाउँदा बारम्बार देखिने समस्याका कारण राजधानी दुर्गन्धित हुने क्रम रोकिएको छैन ।

०६५ देखि सिसडोलको विकल्पका रूपमा कम्तीमा ५० वर्षका लागि सोही क्षेत्रको बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई समयमै पूर्णता नदिँदा समस्या बल्झिरहेको हो । काठमाडौंबाट फोहोर लिएर गएका दुई ट्रिपर चालकलाई साइट प्रभावित स्थानीयले बिहीबार हातपात गरेपछि राजधानीको फोहोर उठ्न छाडेको छ । विभिन्न बहानामा सिसडोलमा एक साताअघि पनि अवरोध भएको थियो । मुआब्जा, सडक स्तरोन्नति, लिचड व्यवस्थापन, एम्बुलेन्स उपलब्ध र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनजस्ता विषयलाई लिएर स्थानीयले साइट अनिश्चितकालीन बन्दको घोषणा गरे ।

समाधानका लागि कार्यदल बन्यो । समितिले अध्ययन गरी प्रतिवेदन पेस गर्ने सहमति भयो । राजधानीमा बढीमा तीन सातासम्म फोहोर नउठेको र तत्कालीन कार्यकारीअधिकृत दिनेश थपलियाको ३० महिने अवधिमा २३ पटक अवरुद्ध भयो । त्यसअघि एक बालकलाई ट्रिपरले ठक्कर दिएको भन्दै अवरोध भयो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सिसडोलमा फोहोरको सगरमाथा भइसकेकाले फोहोर फाल्ने ठाउँ नभएको बताए । ‘बञ्चरेडाँडालाई ल्यान्डफिल साइट नबनाएसम्म सधैं यस्तै भइरहन्छ, सिसडोलमा जबर्जस्ती फालेका हौं’, उनले भने, ‘ललितपुर महानगर, कीर्तिपुर र भक्तपुरको केहीसमेत गरी दैनिक ८ सय मेट्रिक टन फोहोर व्यवस्थापन गर्नु छ, दोष काठमाडौं महानगरपालिकाले मात्रै खान्छ । अब सरकारले बञ्चरेडाँडा नबनाएसम्म समस्यैसमस्या हुन्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस