२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितको दसैं, यस वर्ष पनि हरियै जमरा

अ+ अ-

काठमाडौं । बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ गरी चित्त शुद्ध बनाएपछि सिन्धुपाल्चोक, बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनाालाई जमरा राख्ने हतारोले छोप्यो । सफा माटो टहराको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे । उनले दियो जगाए, कलश खडा गरे, अनि गणेश पुजे । तामाको घडामा गोबरका ११ रेखा कोर्दै त्यसमा जौ टाँसेपछि उनले माटोमा गहुँ, जौ र मकै छरे ।

५७ वर्षीय तिमिल्सिनाले उमंगका साथ विधिसम्मत जमरा राखेर जस्ताको अस्थायी टहरोमा दसैंको स्वागत गरेका छन् । ‘जमरा त राखियो, उम्रने पो हो कि होइन’, उनले भने, ‘उम्रिहाले पनि सप्रन्छ कि सप्रन्न । ’ जमरा सप्रिहाले पनि मरियो होला भन्ने अर्को डर छ उनमा । इन्द्रवती गाउँपालिकाका तिमिल्सना परिवारले टहरोमा दसैं मनाउन थालेको यो तेस्रो वर्ष हो ।

‘पाहोर दुःख गरेर टहरोमा बल्लतल्ल हुर्काएको जमरा हरिायो भएर जात्रै भो, उनले भने ‘यो साल पनि त्यस्तै हुने छाँट छ तर त्यस्तो नहोस् भन्ने कामना छ ।’ टहरोमा शीत चुहिँदा र स्वाँठ छिर्दा जमरा हुर्काउन सकस पर्ने गरेको उनी सुनाउँछन् । उम्रिहाले हावा र घामको प्रकाश छिर्दा जमरा हरियो हुन्छ । जमरा पहेंलो लगाउने चलन छ । ‘निधारभरि रातो टीकासँग पहेंलो जमरा लगाउन पाइएन भने दसैंको के मज्जा,’ घर बनाउन नसक्दा यो दसैंमा पनि टहरोमै जमरा राख्न बाध्य भएको उनले सुनाए ।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक, दोलखा, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, धादिङलगायत जिल्लाका पीडितले जस्तापाता, त्रिपाल र स्याउलाको अस्थायी टहरोमा जमरा राखेर दसैंको स्वागत गरेका छन् । टहरैमा भए पनि दसैंको उमंग भित्र्याउन तल्लिन छन् पीडित । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस