गल्ला ब्यापारमा ठूलो नोक्सान भएपछी अताल्लियका पदमप्रसाद पत्रकारिताको प नै नजानी हेर्दा हेर्दै अर्काले लेखिदिएको समाचार साभार गरेरै बरिष्ठ पत्रकारको सूचीमा सुचिकृत भए ।
राजनीतिमा चाप्लुसीको दोकान थापेर भ्रमको खेती लगाउँदै मालामाल बनेका पदम प्रसादको समाचारको दोकान भाटभटेनी जस्तो शुबिधा सम्पन्न बन्यो । न धेरै मेहनत, न लगानी । बस दिनको दुइचार फोन घुमाएकै भरमा अखबारदेखि रेडियो, टेलिभिजन, अनलाइन, प्रेस सारामा उनको एकछत्र राजहुँदै गयो न कहिल्यै समाचार लेखे, न भने तर उनी बरिस्ठताको सूचीमा अब्बल गनिदै गए ।
समाचारले मलाई खोज्दै आउनु पर्छ म समाचार खोज्न जाने होर ? उनको जोडदार तर्क थियो ।
मेयर उपमेयर सिडियोदेखि, एसपि, जिसि, बन कार्यालय, भन्सार थुप्रै ठुला–ठुला उद्योग कारखाना शैक्षिक माफियाहरू, सस्थाका माफियाहरू, भू–माफियाहरू मुख्य सिकार हुन्थे । उनले घुमाएको एक कल फोनमै हुन्छ नभन्नेको भोलि बिहान फ्रन्ट पेजमै समाचार बन्थ्यो । पैसा छाप्ने जादुको मेसिन जस्तो बनाएका पदम प्रसादलाई पैसाको त्यसपछि कहिल्यै अभाव भएन । आफू सङैका अन्य पत्रकारहरुले साइकलबाट मोटरसाइकल चड्न हम्मे–हम्मे परेको परिस्थितिमा पदमप्रसाद एक मात्र यस्ता पत्रकार थिए जस्ले एककरोड माथिको कार चड्थे ।
निमेष भरमै बदलिएको पदमप्रसादको ब्यक्तिगत जीवन पारिवारिक रूपमा भने खास गतिलो थिएन ।
मदिरा र सुन्दरी सङ मस्त रमाउने पदमले पत्नीलाई मानशिक र शारीरिक यातना दिँदै आएका थिए । छोरो मृदुल बुवाको छाया देखेरै अतालिन्थ्यो । लोग्ने स्वास्नीको झगडा बन्द कोठाबाट सुरू भएर अदालतसम्म पुग्यो र जताजतै छरपस्ट भयो ।
छोरो घर सहित तीन भाग सम्पती लिएर पत्नी अलग भइन हिजो गरेका काला करतुतहरूको कालो चिट्ठा बिस्तारै खुल्यो एक पछि अर्को आफुमाथी लगाएको आरोपको हिसाब गर्नेहरुको धुइरो लाग्यो हेर्दा हेर्दै बरिस्ठ पत्रकार पदम प्रसाद ठगी मुद्दामा आजिवन काराबासको लागि जेल चलान भयो ।
मूलधारको पत्रकारिता गरेर अहोरात्र अखबारमा घोटिने श्रमजिवीहरू गर्वकासाथ भनिरहेका थिए हामी पत्रकार हांै हजुर अलपत्रकार, पदम प्रसाद सम्झिने प्रयास नगर्नुहोला ।