रौतहटको कटहरियामा कांग्रेस र राजपा कार्यकर्ताबीच झडपमा एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रौतहटको कटहरियामा कांग्रेस र राजपा कार्यकर्ताबीच झडपमा एकको मृत्यु


५ आश्विन २०७४, बिहिबार


रौतहट । जिल्लाको कटहरिया नगरपालिका–८, बलुवा टोलमा कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान सामान्य विवादपछि दुई समूहबीच भएको झडपमा राजपा नेपालका कार्यकर्ता ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार हिजो राति २२ : ४५ मा स्थानीय गौरीशंकर यादव र ५० वर्षीय रामपुकार राय यादवबीच आपसी वादविवादमा झडप भएको थियो । झडपमा घाइते रामपुकारको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनामा संलग्न रहेको आरोपमा कांग्रेसका कार्यकर्ता अनुठा राय यादव, झुठा यादव, बैजु यादवलगायत पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस