गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


३१ भाद्र २०७४, शनिबार


जमानाले मान्छेलाई यतिसम्म बदलेको छ ।
बरु वृद्धास्रम खुलेको छ परिवार ढलेको छ ।

आज आमाले पकाएको मिठो मान्दैन छोरो,
केहि दिन अघि मात्र उसले बिहे गरेको छ ।

यी भँगेराहरू गुँडलाई किन यति माया गर्छन्,
तर मान्छे लोभकै पछि लागेर घर सरेको छ ।

हिजो बाले उठन सिकाए आज बा थला परे,
काँध बनेनन् सन्तानहरू बाको मन भत्केको छ ।

प्रतिक्रिया दिनुहोस