गायनमा गजलकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायनमा गजलकार


२७ भाद्र २०७४, मंगलबार


आँखैबाट आँखाहरु हराएको धेरै भयो
आँगनीमा चराहरु नआएको धेरै भयो

शान्ति शर्माको शब्द संकलन र स्वरमा रहेको गजल अहिले धेरै स्रोताको मनमा बस्न सफल भएको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै गीतलाई दुई हजारभन्दा बढीले हेरिसकेका छन् ।

स्रोता तथा दर्शकबाट राम्रो प्रतिकृया पाएको शर्मा बताउँछिन् । गीतमा सन्तोस श्रेष्ठको संगीत छ ।

लामो समयदेखि साहित्यमा क्रियाशील शान्ति पछिल्लो समय संगीतमा लागेकी हुन् । परिवारको साथले संगीतमा लागेको शान्ति बताउँछिन् । ‘सानैदेखि संगीतमा रूचि थियो तर गीत गाउने संयोग जुरेको थिएन,’ उनी भन्छिन्, ‘कान्छो छोरोको साथले गीत रेकर्ड गराएकी हुँ ।’

गजल, कथा, कविता लेख्दै आएकी शान्ति मुलुककै क्षमतावान गजलकार मानिन्छन् । केही दिनभित्रै गजल सङ्ग्रह बजारमा ल्याउने उनको तयारी छ ।

https://www.youtube.com/watch?v=zumbcYUWtVk

Tags :
प्रतिक्रिया दिनुहोस