२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा

अ+ अ-

सौन्दर्यको कान्ति र फूलवारी ।
पीडा न धेरै न असैय भारी ।
आजीवनैको सुख शान्ति खोज्नु ।
यस्तो अरू छैन नि शिक्षा रोज्नु ।।

सन्तापको अन्त्य विलाप नास ।
सन्तुष्टमा आत्म सुवास खास ।
पीयूषको धार विशाल भेटी ।
आयाम नौलो छ उदास मेटी ।।

ल्याऊ न शिक्षा शुभ कालखण्ड ।
ज्यांदै खुशी हर्ष महाँ प्रबन्ध ।
शिक्षा तिमी हौ सुखयुक्त नेत्र ।
आफन्तको साथ घनिष्ट मित्र ।।

भूलोक झल्काइ टलक्क टल्की ।
विज्ञान चम्की जनमाझ लम्की ।
दुस्कर्मका कार्य ति खोसिलेऊ ।
माया बडो प्रेम सदैव देऊ ।

सारा गरीबै जनमा रहेको ।
कालो हटाऊ मनमा रहेको ।
पालो हटाऊ छल जाल झेल।
टालो हटाऊ अति भो अमेल।

सक्छौ भने ज्ञान उद्यान देऊ ।
आलोकले पूर्ण बिहान देऊ ।
सिद्धान्त मात्रै कति घोट्न जाऊं ।
मान्छे भएको व्यवहार पाऊं ।

इन्द्रवज्रा छन्द

प्रतिक्रिया दिनुहोस