२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै रेल पुर्‍याउँछौंः चीन

अ+ अ-

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् ।

‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ ।’

‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ ती सदस्यले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उनले रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको बताए ।’

पप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए । उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताएका थिए ।

चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो । सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ ।

परराष्ट्रमन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग तीन घण्टा लामो दुईपक्षीय लन्च वार्तापछि प्रधानमन्त्री लीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पारेका थिए । सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिएका थिए ।

उनले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र तेस्रो चरणको निर्वाचनबारे समेत छलफल भएको थियो ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० मार्फत नै नेपालको राष्ट्रिय विकासलाई गति दिने गरी सहयोगहरू हुने जानकारी उनले दिएका थिए । बीआरआईमा नेपालले समर्थन गरेर चीनको ‘मोरल भ्यालु’ उच्च बनाइदिएकोमा समेत प्रधानमन्त्री लीले खुसी व्यक्त गरेको सहभागीले जानकारी दिए । चीनको मुख्य व्यापारिक पार्टनर रहेको छिमेकी भारतले बीआरआईमा असहमति राखिरहेको अवस्थामा नेपालले समर्थन गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस