काठमाडौं नेसनलको सम्बन्धन खारेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौं नेसनलको सम्बन्धन खारेज


२२ भाद्र २०७४, बिहिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादित निर्णय ४२ दिनपछि फिर्ता लिएको छ । परिषद्को बुधबारको बैठकले कलेजले शिक्षण अस्पताल सञ्चालन गर्ने अनुमति नै नलिएको पाइएको भन्दै सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

सम्बन्धन फिर्ता नगरे बुधबारदेखि अनशन बस्ने डा. गोविन्द केसीको घोषणा र निर्णय नसच्याए तत्काल पदाधिकारी नै बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनीपछि त्रिवि पदाधिकारी सम्बन्धनको निर्णय फिर्ता लिन बाध्य भएका हुन् ।

सम्बन्धन फिर्ता गरेसँगै डा. केसीले अनशनको कार्यक्रम स्थगित गरेका छन् । कार्यकारी परिषद् बैठकको प्रस्ताव १४७४ मा अस्पतालले अनुमति नै नलिएको भन्ने स्वास्थ्य मन्त्रालयको निर्णय र त्रिविद्वारा गठित छानबिन समितिको प्रतिवेदनसमेतका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस