अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द


प्रशासन विशेष ब्युरो

२२ भाद्र २०७४, बिहिबार


काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लाग्यो ।

१ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो ।

दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो ।

तेस्रो नम्बरमा लिभाइज ब्रान्डको सामान बिक्रि गर्ने लेबल्स स्टोरको अर्को पसलमा अनगमन भयो त्याहाँ पनि खरिद र बिक्रिी मूल्यमा ठूलो अन्तर भेटियो । टोली अनुगमन गर्दै अघि बढ्दै गर्दा केही पसल अनुगमन गरेपछि धमाधम सटरहरु बन्द हुन थाले ।

करिब ४ बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको रोकियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस