२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलबिदा क्रिकेट धरोहर !

अ+ अ-

काठमाडौं । करिब दुई साताअघि राजधानीमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभामा विशेष अतिथिका रूपमा सहभागी हुँदा उनले जीवनलाई बेग्लै ढंगले व्याख्या गरेका थिए । स्वास्थ्य समस्याका कारण कमजोर बन्दै गएको शरीर र वृद्ध उमेरका कारण पछिल्लो समय सार्वजनिक कार्यक्रममा विरलै देखापर्ने उनले आफ्नो ८९ वर्षे उमेरलाई क्रिकेट खेलसँग जोडेर ठट्यौली गर्दै कार्यक्रमका सहभागीलाई मजैले हँसाएका थिए । हो, जीवनभर क्रिकेटको साधनामा लीन उनै जयकुमारनाथ शाहले बुधबार यो संसारबाट बिदा लिए ।

‘म ८९ वर्षको भएँ, अर्को वर्ष ९० पुग्नेछु । तपाईंहरूलाई थाहा छ, क्रिकेट क्रिजमा ब्याटिङ गरिरहेको ब्याट्सम्यानका लागि ९० रनको विशेष अर्थ हुन्छ । शतकको नजिक पुगेकाले ९० रनमा खेलिरहेको ब्याट्सम्यान आउट हुने कुरामा निकै सतर्क देखिन्छ । ऊ बलरहरूका हरेक आक्रमणलाई सावधानीपूर्वक झेल्दै कुनै पनि हालतमा शतक पूरा गर्ने धाउन्नमा रहन्छ । यतिबेला म पनि उमेरको त्यही मोडमा उभिएको छुु, उक्त कार्यक्रममा सम्मानित भएपछि शाहले ठट्यौली पारामा भनेका थिए ।

तर दुर्भाग्य, उनले जीवनको ९० औं वसन्तमा पाइला टेक्न पाएनन्, अर्थात् क्रिकेटकै भाषामा भन्नुपर्दा उनले ‘नर्भस नाइन्टी’ को अवस्थामा पुगेर ‘शतकु का लागि संघर्ष गर्न पाएनन् । पहिले खेलाडी अनि करिब चार दशक कुशल व्यवस्थापकका रूपमा आफैंले मलजल गरी अन्तर्राष्ट्रिय स्तरसम्म चर्चाको शिखरमा पुर्‍याएको नेपाली क्रिकेटमा पछिल्लो समय मौलाएको बेथितिबाट पनि शाह विरक्तिएका थिए । त्यसैले होला, कार्यक्रममा उनले नेपाली खेलकुद क्षेत्रमा मौलाउँदै गएको अनावश्यक राजनीतिक हस्तक्षेप र खेल पदाधिकारीमा देखिएको स्वार्थी मनोवृत्तिप्रति पनि तिक्तता पोखेका थिए ।

जीवनको अन्तिम क्षणसम्म पनि नेपाली क्रिकेटको भविष्यलाई लिएर चिन्तित देखिएका शाहको दुःखद निधनसँगै नेपाली क्रिकेटको एउटा जिउँदो इतिहास ढलेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments