२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रा हैन, राम्रालाई भोट’

अ+ अ-

धनुषा । प्रदेश २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट प्रतिनिधि चुन्न मतदाता उत्साहित देखिएका छन् । लामो समयपछि हुन लागेको निर्वाचनले गाउँबस्तीमा झेल्नुपरेको समस्या अन्त्य हुने आशा उनीहरूको छ । आफूहरूको समस्या समाधान गरिदिनेलाई भोट दिने उनीहरूले बताएका छन् । खासगरी बाढी प्रभावित क्षेत्रका बासिन्दाले बर्सेनि हुने समस्या समाधानको आशा राखेका छन् ।

सप्तरीको तिलाठी कोइलाडीका बासिन्दा वर्षौंदेखि बाढीबाट प्रभावित हुँदै आएका छन् । बाढी नियन्त्रणको प्रभावकारी व्यवस्था नभएकाले सधैं संकटमा पर्छन् । त्यसैले यसपालिको स्थानीय तह निर्वाचनमा उनीहरूको इच्छा छ– बाढी समस्याबाट दीर्घकालीन मुक्ति दिन सक्ने उम्मेदवारलाई भोट दिने ।

राजविराज–हनुमाननगर सडक खण्डमा पर्ने बभनगामाकटी गाविसदेखि भारतको सीमासित जोडिएको तिलाठीसम्मका ५ गाविस मिलाएर तिलाठी कोइलाडी गाउँपालिका बनाइएको छ । ‘खाडो खोलाको बाढीका कारण बर्सेनि उठिबास हुँदै आएको छ,’ तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका मोहम्मद रसिदले भने, ‘सधैं आश्वासनमै रुमलियौं तर अब यो दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्र हामी भोट दिन्छौं ।’

खाडो खोलाको बाढीले तिलाठी, बेल्ही, सकरपुरा, तोपा, कोइलाडी, बरसाइनलगायत गाउँटोल बर्सेनि डुबानमा पर्छन् । खाडोकै बाढी भारतीय पक्षले थुन्न लाग्दा गत वर्ष तिलाठीमा नेपाली र भारतीय पक्षबीच ठूलो झडपसमेत भएको थियो । ‘बाढीले पिरोलिएको वर्षौं भयो,’ सकरपुराका शंकर मुखियाले भने, ‘तर भोट लिने बेलामा सबै नेताले बाढी समस्याको स्थायी निकास खोज्ने भन्छन् तर भोटपछि कोही हेर्नसम्म आउँदैनन् ।’ ‘वर्षातमा बाढीले बिगारेको बाटोमै वर्षभरि आउजाउ गर्नुपर्ने हाम्रो बाध्यता छ,’ तोपाका पुरुषोत्तम झाले भने, ‘बाढी आएका बेला कैयौं घरमा खाना पाक्दैनन्, कैयौं परिवार विद्यालयलगायत स्थानमा आश्रय लिएर बस्नुपर्ने विवशता छ, यसको स्थायी समाधान गर्नेलाई जनप्रतिनिधि बनाउने हाम्रो योजना हो ।’

तिलाठीका वृद्ध हरिश्चन्द्र मिश्रले भने, ‘हरेक वर्ष आउने बाढी घरघरमा पस्छ, कैयौंका घर स्वाहा हुन्छन्, तर भोट लिएर गएका नेता फर्केर आउँदैनन्, त्यसकारण यस पटक हाम्रो मत साझा समस्याका रूपमा रहेको बाढी नियन्त्रण गर्नेलाई नै जान्छ ।’ तोपाका तजमुल मन्सुरी पनि भोट माग्न आएका उम्मेदवारसामु बाढीको समस्या समाधानको प्रश्न राख्ने बताउँछन् । वर्षामा यस गाउँपालिकाअन्तर्गत दुई साविकका गाविस तिलाठी र सकरपुराको सदरमुकामसँग सम्पर्क नै विच्छेद हुन्छ । यी दुई गाउँलाई चारैतिरबाट बाढीले घेर्छ । ‘अब खोक्रो आश्वासनमा भुलिन्न,’ तिलाठीका युवा पंकज झाले भने, ‘दीर्घकालीन समाधान खोज्नेलाई नै भोट दिइनेछ ।’

महोत्तरीका मतदाताले दल र जातपातभन्दा उम्मेदवारको खुबी र क्षमताका आधारमा भोट हाल्ने बताएका छन् । गाउँको विकास गर्न सक्ने इमानदार र स्वच्छ छवि भएका नेताको पर्खाइमा आफू रहेको उनीहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments