Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मच्चियो राजपामा रडाको


२१ भाद्र २०७४, बुधबार


काठमाडौं । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो । चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए ।

काठमाडौंमा मंगलबार दिउँसो उम्मेदवारको अन्तिम नामावली घोषणा गरेपछि मधेसका कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएको छ । श्रीवास्तवले त पार्टी परित्याग घोषणा गर्दै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राजपा अध्यक्ष मण्डलको बैठकमा शरत्सिंह भण्डारीले सिंहको पक्षमा उभिँदै अडान नछाडेपछि श्रीवास्तवको नाम काटिएको थियो । श्रीवास्तवले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उद्धृत गर्दै भने, ‘शरत्जीले अन्यत्र कतै दाबी नगर्ने तर वीरगन्जमा आफूले भनेको मान्छेलाई उम्मेदवार बनाउन अडान राखेपछि तपाईंलाई गर्न सकिनँ भने ।’

वीरगन्जमा सल्किएको असन्तुष्टिले दुई नम्बर प्रदेशलाई नै गाँज्ने संकेत देखिएको छ । उसै पनि विवादमा फसेको राजपामा चुनावको मुखैमा भाँडभैलो मच्चिएको छ । सर्लाहीमा उम्मेदवारको नामावली सार्वजनिक भएलगत्तै पार्टीका महासचिव जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन् ।

६ वटा मधेसी पार्टी मिलेर एक बनेको राजपा नेपाल मधेसको बलियो शक्तिका रूपमा उदय हुने आकलन भइरहँदा चुनावको मुखैमा झन् कमजोर देखिन थालेको छ । अध्यक्ष मण्डलका एक नेताले पार्टी क्षयीकरणतर्फ उन्मुख भएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस