Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

छाक टार्ने पिरलो, खाद्य संस्थानको डिपो रित्तै


१९ भाद्र २०७४, सोमबार


जाजरकोट । पाँच घन्टा पैदल हिँडेर खाद्य डिपो आएका बारेकोट गाउँपालिका–३ का दलजीते कामी चामल नपाएपछि निराश भएर रित्तै फर्किए । घरमा अन्न सकिएपछि उनले गाउँभरि अन्न खोजे तर पाएनन्।गाउँमा नपाएपछि नायकवाडाको घाटमा रहेको खाद्य संस्थानको डिपोमा चामल लिन आएका थिए । ‘डिपोमा पनि चामल नभएको भन्दै दिनुभएन’, उनले भने, ‘खाद्यान्न किन्न टाढा जाने पैसा छैन । नजिकै पाइँदैन । अब कसरी छाक टार्ने हो ।’

आफ्नै खेतबारीबाट उत्पादन गरेको घरको अनाज सिद्धिएको र डिपोमा चामल नभएपछि दलजीतको परिवार समस्यामा परेको छ । त्यस्तै, बारेकोट ५ का जयधने सार्कीले गाउँमा उत्पादित अन्न सकिएको र नायकवाडाको घाटमा रहेको खाद्य डिपोमा पनि चामल नभएपछि गाउँमा खाद्य संकट परेको बताए । उनले भने, ‘न त खाद्य डिपोमा चामल पाइन्छ न गाउँमै, अब के गरेर गुजारा चलाऊँ । जहान परिवार पाल्नै गाह्रो भइसक्यो ।’
नायकवाडाको घाट खाद्य डिपोमा लामो समयदेखि खाद्य आपूर्ति नहुँदा दलजीते र जयधनेजस्तै बारेकोटका हजारौं नागरिक खाद्य संकटको चपेटामा छन् । खाद्य संकटले गरिब, दलित र सीमान्तकृत समुदायलाई असर परेको छ ।

चाडवाड आइरहेको छ । दुई छाक टार्न पनि उनीहरूलाई निकै सकस परेको छ । कतिपयले भने दुई दिन पैदल हिँडेरै सदरमुकाम खलंगाबाट चामल लिने गरेका छन् । सदरमुकाम जाँदा चामल किन्ने पैसाजत्तिकै थप खर्च लाग्ने गरेको छ ।

बारेकोट गाउँपालिका जुम्लासँग सिमाना जोडिएको दुर्गम स्थान हो । यो गाउँपालिकामा खाद्यान्न उत्पादन न्यून हुने गरेको छ । साउन, भदौमा यहाँ बर्सेनि खाद्य संकट पर्ने गरेको स्थानीय शिक्षक गोरखबहादुर सिंहको भनाइ छ ।

यतिबेला बाटोघाटो बिग्रिएकाले खाद्यान्न ढुवानीमा निकै समस्या पर्ने गरेको छ । यहाँका मानिस मोटर चढ्न दुई दिन पैदल हिँड्नुपर्छ । नयाँ बाली नपाकेको, पुरानो अन्न सकिएको, स्थानीय पसलमा ढुवानी समस्याले खाद्यान्न मौज्दात नरहेकाले यो क्षेत्रमा खाद्यान्न अभाव भएको सिंहले बताए ।

सरकारले घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । उक्त कोटाको चामललाई सरकारले ढुवानी अनुदान दिने भएकाले स्थानीयलाई चामल निकै सस्तो पर्ने गरेको छ । अन्य व्यापारीले लिएको संस्थानको चामल आधा सस्तो पर्ने गरेको छ । तर, जतिबेला गाउँमा संकट पर्छ त्यतिखेरै डिपोमा चामल अभाव हुने गरेको स्थानीयको भोगाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस