खण्डहर बन्दै सिंहदरबार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खण्डहर बन्दै सिंहदरबार


१७ भाद्र २०७४, शनिबार


काठमाडौं । ०७२ साल १२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भनव सिंहदरबार खण्डहर बन्दै गएको छ । भूकम्पलगत्तै सरकारले भवनलाई प्रवलीकरण गर्ने निर्णय गरे पनि अझै त्रिपालले छोपेर राखिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवनको अध्ययन सुरु भएको जनाएको छ । प्राधिकरण प्रवक्त यमलाल भुसारलले भवनका कलात्मक कोठाबारे विज्ञ राखेर अध्ययन थालिएको र जीर्ण स्थानमा टेको लगाउने (स्क्र्याप फोल्डिङ) काम सुरु गरिएको जानकारी दिए । वर्षामा पानीबाट जोगाउन त्रिपालले छोपिएको उनले बताए ।

सरकारी निकायबीच समन्वय हुन नसक्दा र जिम्मेवारीबोध हुन नसक्दा सिंहदरबारको प्रमुख प्रशासनिक भवनको मर्मत अघि बढ्न नसकेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस