स्थानीय तहका ४ कानून अर्थ समितिमै रोकिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तहका ४ कानून अर्थ समितिमै रोकिए


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । वित्त आयोगबारे देखिएको अन्योलले स्थानीय तह शासन सञ्चालन गर्न बनेका ४ वटा कानुन अर्थ समितिमै रोकिएका छन् ।

स्थानीय तह व्यवस्थापन र सञ्चालनका लागि अर्थ मन्त्रालयले तयार पारेको स्थानीय तह आर्थिक कार्यविधि, स्थानीय तह राजस्व कार्यविधि, स्थानीय तह खरिद कार्यविधि र स्थानीय तह कार्यसम्पादन कार्यविधि रोकिएका हुन् ।

स्थानीय तह सञ्चालनका लागि बनाइएका यी सबै नयाँ कानून हुन् । संविधान अनुसार स्थानीय तहमा कार्य सम्पादनका लागि अर्थ मन्त्रालयले ४ वटा नमूना बनाएर स्थानीय तहमा पठाउने तयारी गरे पनि प्राकृतिक स्रोत वित्त आयोग र वित्त व्यवस्थापनका विधेयक पास नभएकाले अर्थमै रोकिएको आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस