२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोक्लमबाट फर्कियो भारतीय सेना

अ+ अ-

काठमाडौं । भुटान र चीनको सीमा क्षेत्र दोक्लमबाट भारतीय सेना दुई महिना १० दिनपछि फिर्ता भएको छ । दोक्लममा भारतीय सेनाको उपस्थितिले चीन–भारत सम्बन्ध चिसिएको थियो ।

भारतीय सेना फर्किएको जानकारी भारत र चीन दुवै देशका विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेका छन् । दुवैले आ–आफ्नो ढंगले त्यसलाई व्याख्या गर्दै सेना फिर्ताको सूचना बाहिर ल्याएका हुन् । दुवैको वक्तव्यबाट ‘विन–विन’ ढंगले टकराव व्यवस्थापन गरिएको संकेत मिल्छ । चिनियाँ पक्षले भारतीय सैन्य फिर्तीलाई प्रधान विषय बनाएको छ भने भारतीय पक्षले चीनले त्यस क्षेत्रमा सडक निर्माण कार्य स्थगन गरेको दाबी गरेको छ ।

गत जुन १६ मा भारतीय सेना भुटान र चीनको सीमा दोक्लममा प्रवेश गरेपछि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेना आमने–सामने भएका थिए । दुई देशका सेनाबीच धकेलाधकेल भएका खबर तस्बिरसहित सार्वजनिक भएका थिए । तर दुवै सेनाले संयम अपनाएकाले लामो समयसम्म पनि कुनै अप्रिय द्वन्द्व भएन ।

आफ्नो सैनिक टोलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार सोमबार दिउँसो २:३० बजे भारतीय सेना त्यस क्षेत्रबाट फर्केको हो । लामो बहस र विवादको विषय बनेको दोक्लममा अब द्वन्द्वको त्रास हटेको छ र दुई शक्तिराष्ट्रको चेपुवामा परेको भुटानलाई राहत मिलेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता चीनमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाने भएकाले त्यसअगावै यो समस्या समाधान हुने कूटनीतिक अड्कलबाजीले यतिबेला मेल खाएको छ । आगामी आइतबार र सोमबार चीनको फुजियान प्रान्तमा ब्रिक्स सम्मेलन हुँदैछ । सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीबीच साइडलाइन वार्तासमेत हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई आफूतिर तान्न कूटनीतिक लबिइङ तीव्र पारेका थिए । नेपाललाई समेत आ–आफ्नो पक्षमा ल्याउने उद्देश्यले प्रभावित पार्ने कोसिस भएको थियो । तर नेपालले कुनै पक्ष नलिई दोक्लम प्रकरणमा तटस्थ नीति अवलम्बन गर्‍यो । नेपालले वार्ताबाट शान्तिपूर्ण निकासका लागि निरन्तर आग्रह गरेको थियो ।

चीन र भारत दुवैले दोक्लम विवादमा कूटनीतिक च्यानलबाट लामो छलफलपछि समाधानको नजिक पुगेको जनाएका छन् ।

भारतीय सेना फर्केपछि पनि आफ्नो सेनाले त्यस क्षेत्रमा गस्ती गरिरहने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वुआ छुन यिङले नियमित प्रेस ब्रिफिङमा बताएकी छन् । चीनले भारतलाई छिमेकी मित्रराष्ट्रका रूपमा निकै महत्त्व दिएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘भारत र चीनको सीमा सधैं शान्तिपूर्ण राख्ने र आपसी सम्मानका साथ त्यस क्षेत्रलाई विकासमा बढावा दिँदै अन्तर्राष्ट्रिय मापदण्डका आधारमा समस्याको समाधान गर्दै अघि बढ्नेछौं ।’

भारतीय विदेश मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै ‘दोक्लम क्षेत्रबाट छिट्टै पछाडि हट्ने सहमति भएको र त्यसको प्रक्रिया सुरु भइसकेको’ जनाएको थियो । ‘कूटनीतिक सहमतिका आधारमा दोक्लममा रहेका सीमा सुरक्षाफौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ता हुने क्रम जारी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । वक्तव्यमा दुवै देशका सेना पछाडि हट्ने वा भारतीय मात्र हट्ने भन्ने खुलाइएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस